Sunday, January 12, 2025
घरसमाचारउद्योग मन्त्री भण्डारीसँग जाम्बियाका गैर आवासीय राजदूत चन्दाको शिष्टाचार भेट

उद्योग मन्त्री भण्डारीसँग जाम्बियाका गैर आवासीय राजदूत चन्दाको शिष्टाचार भेट




काठमाडौँ  । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसङ नेपालका लागि गणतन्त्र जाम्बियाका गैर आवासीय राजदूत पर्सि प्याट्सन चन्दाले शिष्टाचार भेट गर्नुभएको छ । 

भेटका क्रममा मन्त्री भण्डारीले जाम्बिया र नेपालको सम्बन्ध सेप्टेम्बर १०,१९८६मा स्थापित भए देखिनै दुई देशबीच शान्तिपूर्ण रहँदै आएको बताउनुभयो । दुवै देशहरू अतिकम विकसित र भूपरिवेष्टित भएको कारणले दुवै देशका चुनौती र विकासका लक्ष्यहरू समान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेषसरि व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावनाहरू छन् । नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रको थप विकास भएकोले नेपालले खानी उद्योगमा जाम्बियासित सहयोग आदानप्रदान गर्ने सम्भावना रहेको छ ।”

मन्त्री भण्डारीले भन्नुभयो, “जाम्बियाको अवस्थितिको कारणले अफ्रिकी महादेशमा सम्बन्ध बिस्तारका लागि महत्त्वपूर्ण विन्दु हुनसक्ने हामीले पाएका छौँ । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाहरूबाट जाम्बियाले समेत सामाजिक, सांस्कृतिक एवं भौगोलिक लाभ प्राप्त गर्न सक्ने देखिन्छ । त्यसैले यसमा मिलेर काम गर्न हामी उत्सुक छौँ । यहाँको नेपाल बसाई सम्झनायोग्य रहोस् ।”

भेटका क्रममा जम्बियाका गैर आवासीय राजदूत चन्दाले खानी तथा खनिज पदार्थमा २ देश बिचको प्रविधि आदानप्रदान गर्ने बताउनुभयो । उहाँले खानी सम्बन्धी नेपालको प्राविधिक टोली जाम्बिया पठाइदिन मन्त्री भण्डारीसँग आग्रह गर्नुभयो । यसका साथै जाम्बियाको खानी प्राविधिक टोली नेपाल आउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -