Wednesday, January 15, 2025
घरसमाचारकांग्रेसद्वारा पेरिस पारालम्पिकमा कास्य पदक विजेता गोवर्धन सम्मानित

कांग्रेसद्वारा पेरिस पारालम्पिकमा कास्य पदक विजेता गोवर्धन सम्मानित




काठमाडौँ । नेपाली काँग्रेसले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ ।

नेपाली कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कास्य पदक विजेता गोवर्धनसहित टोलीका सदस्यहरूलाई नगदसहित सम्मान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति देउवाले नेपालकी छोरी पलेशाको पदकले सबै नेपाली खुसी भएको बताउँदै उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

पारालम्पिकमा प्राप्त भएको कास्य पदकले पनि अन्तर्राष्ट्रिय जगतमा इज्जत बढेको बताउँदै सभापति देउवाले भोलिका दिनमा नेपाली खेलाडीलाई राम्रो गर्ने हौसला प्रदान भएको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आफूले खेल क्षेत्रको सुधारका लागि काम गरिरहेको जानकारी गराउँदै खेलाडीहरूलाई नेपालमै रोजगारी दिने व्यवस्था मिलाउन आफू लागिरहेको बताउनुभयो ।

नेपाली काँग्रेसको तर्फबाट ऐतिहासिक पदक विजेता पलेशाले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउँदा प्रशिक्षक कविराज नेगी लामाले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नुभयो । यसैगरी, प्रतियोगितामा सहभागी भएका अर्का खेलाडी भरत सिंह महताले नगद ५० हजार प्राप्त गर्नुभयो ।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जित्नुभएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -