काठमाण्डौ/ सडक र हवाई दुर्घटना न्यूनिकरणमा गंभीर हुन प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नु हुँदै सांसद तामाङले नेपालमा सडक सवारी दुर्घटनाको संख्या दिन प्रतिदिन बढिरहेको छ। यी दुर्घटनाले अनगिन्ती निर्दोष ब्यक्तिहरुको जीवन गुम्ने मात्र होइन, अंगभंग तथा देशको आर्थिक र सामाजिक विकासलाई समेत प्रत्यक्ष रूपमा प्रभावित गरेको छ। यस समस्या समाधानका लागि तुरुन्त कदम चाल्न आवश्यक रहेको भनि ध्यानाकर्षण गराउनु भयो।
सांसद तामाङले सबैभन्दा पहिले, सवारी साधनको अनुगमन र निरीक्षण प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनु हुँदै पुराना र जीर्ण अवस्थामा रहेका सवारी साधनको प्रयोग रोक्न र सवारी साधनको स्तरीयता सुनिश्चित गर्न कडाइका साथ नियम पालना गर्नुपर्ने बताउनु भयो।
चालकको तालिम र सचेतना कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनु हुँदै संसद गुरूङले योग्य र प्रशिक्षित चालक मात्र सडकमा सवारी चलाउन अनुमति दिने व्यवस्था गरिनु पर्ने बताउनु भयो।
सडक दुर्घटना न्यूनिकरण गर्न यात्रुहरूमाझ र सर्वसाधारण सबैमा सडक सुरक्षाबारे जनचेतना फैलाउनु सभामुख मार्फत ध्यानाकर्षण गराउनु भयो।
सांसद तामाङले “दुर्घटना भएका पीडितलाई तत्काल र प्रभावकारी राहत उपलब्ध गराउने व्यवस्था गर्न र दुर्घटना न्युनिकरण हाम्रो साझा जिम्मेवारी हो, र यसको लागि सबै पक्षले एकजुट भएर काम गर्न आवश्यक छ र केहि समयको लागि सबै सांसदहरुलाई सडक सुरक्षा सम्बन्धी सचेतना सञ्चालन गर्ने बिशेष अभियानको अगुवाई गरि १६५ निर्वाचन क्षेत्रमा सञ्चालन गर्न सुझाव सहित नेपाल सरकारलाई सडक र हवाई यात्रा सुरक्षाको लागि बिशेष कार्यक्रम सञ्चालन गर्न जोडदार माग गर्दछु ।” भन्नु भयो।