Saturday, January 11, 2025
घरसमाचारबाबर आजम लगातार १६ इनिङमा अर्धशतक विहीन

बाबर आजम लगातार १६ इनिङमा अर्धशतक विहीन

१७ भदौ, काठमाडौं । पाकिस्तानका प्रमुख ब्याटर बाबर आजम टेस्ट क्रिकेटमा लगातार १६ इनिङसम्म अर्धशतक विहीन बनेका छन् । घरेलु मैदान रावलपिंडीमा बंगलादेशविरुद्ध दोस्रो टेस्ट खेलमा बाबर ३१ र ११ रनमा आउट हुन पुगे । बंगलादेशविरुद्ध पहिलो टेस्टमा उनी डक र २२ रनमा आउट भएका थिए ।

उनले पछिल्लो पटक सन् २०२२ डिसेम्बरमा कराँचीमा न्युजिल्यान्डविरुद्ध पहिलो इनिङमा १६१ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि भने बाबरले टेस्टमा ५० रन कटाउन सकेका छैनन् । उक्त शतकपछि बाबरको १६ इनिङमा क्रमश ः १४, २४, २७, १३, २४, ३९, २१, १४, १, ४१, २६, २३, ०, २२, ३१ र ११ रन बनाएका छन् ।

बाबरले सन् २०२३ डिसेम्बरमा मेलबर्नविरुद्ध बनाएको ४१ रन नै पछिल्ला १६ इनिङको उत्कृष्ट प्रदर्शन हो । त्यसअघिको १६ इनिङमा भने बाबरले ८ अर्धशतक र ४ शतकसहित लोभलाग्दो प्रदर्शन गरेका थिए ।

न्युजिल्यान्डविरुद्ध शतकअघि १६ इनिङमा उनले क्रमश ३६, ३६, १९६, ६७, ५५, ११९, ५५, १६, ८१, १३६, ४, ७५, १, ७८, ५४ र १६१ रन बनाएका थिए । सन् २०२३ र २०२४ बाबरको टेस्टमा सबैभन्दा खराब प्रदर्शन मानिन्छ ।

सन् २०२३ मा ५ खेलमा २०४ रन बनाएका छन् । २०२४ मा हालसम्म ३ खेलमा ११३ रन बनाएका छन् । यसअघि बाबरको खराब प्रदर्शन डेब्यू वर्ष २०१६ मा ५ खेलमा २ अर्धशतकसहित २९१ रन थियो । बाबरको सन् २०२२ टेस्टको सबैभन्दा राम्रो लय मानिन्छ । २०२२ मा ९ खेलमा बाबरले ४ शतक र ७ अर्धशतकसहित कुल ११८४ रन जोडेका थिए ।

सन् २०२४ को टी–२० विश्वकपमा बाबरले ४ खेलमा १२२ रन बनाएका थिए । जसमा अमेरिकाविरुद्ध सर्वाधिक ४४ रन जोडेका थिए । १२० रनको लक्ष्य पछ्याउनेक्रममा भारतविरुद्ध विश्वकपमा १३ रनमा आउट भएका थिए । क्यानडाविरुद्ध ३३ र आयरल्यान्डविरुद्ध ३२ रन जोडेका थिए । उनको खराब लयको कारण पाकिस्तान विश्वकपमा समूह चरणबाटै बाहिरिनु परेको थियो ।

प्रमुख ब्याटर बाबरको खराब लयले टोलीलाई पनि ठूलो असर गरेको छ । पहिलो टेस्ट खेलमा बंगलादेशविरुद्ध पाकिस्तान १० विकेटले पराजित भएको थियो । पाकिस्तानको टेस्ट इतिहासमा बंगलादेशविरुद्ध पहिलो हार थियो ।

दोस्रो टेस्ट खेलमा १८५ रनको लक्ष्य पछ्याएको बंगलादेश चौथो दिनको खेल सकिँदा ४२–० को मजबृुत अवस्थामा छ । गत जनवरीमा अष्ट्रेलिया भ्रमणमा तीन खेलको सिरिज पाकिस्तानले क्लिनस्विपको हार व्यहोरेको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -