Saturday, January 11, 2025
घरक्राइम चेकराजस्व विभागलाई बदनाम गराउने भण्डारीको सरुवाबाट व्यवसायीहरूले राहतको सांस फेरे

राजस्व विभागलाई बदनाम गराउने भण्डारीको सरुवाबाट व्यवसायीहरूले राहतको सांस फेरे

वीरगंज/ राजस्व अनुसन्धान कार्यालय पथलैयामा आएदेखि नै राजस्व अनुसन्धानको नीति विपरीत क्रियाकलाप गरेर बदनामी कमाएका अधिकृत सरुवा भएपछि उनीबाट पीड़ित व्यापारीहरूले राहतको सांस फेरेका छन्।

प्रशासन समूह तर्फ जागिरमा प्रवेश गरेर राजस्व सेवा समूहमा आएका शाखा अधिकृत रेशम भण्डारीले व्यापारी वर्गमा फैलाएको आतंकपूर्ण गतिविधिका गुनासाहरू बढ्दै गएपछि सामान्य प्रशासन मन्त्रालयले उनको सरुवा गरेको छ।

भण्डारीलाई संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाले हिजो भदौ १४ गते सरुवा गरेपछि भण्डारीले राजस्व अनुसन्धान कार्यालय पथलैयामै कायम रहन शक्ति केन्द्रमा गुहार लगाउन थालेका छन्।

भण्डारी राजस्व अनुसन्धान कार्यालय पथलैयामा आएदेखि नै उद्योगी व्यवसायीमा त्रास फैलाएर तस्करहरूलाई संरक्षण गरिरहेको भन्ने विषय व्यापारीहरूबीच चर्चा चल्ने गरेको थियो ।

सोही क्रममा भण्डारी र नासु आमिर दाहालले २०८० चैत्र ८ गते वीरगंजका चर्चित उद्योगी भिखम चन्द अग्रवालको स्वामित्वमा रहेको मुक्ति आयल, मुक्ति दाल मिल र मुक्ति राइसमा छापामारी गर्दा तीन वटै फर्मको खातावही लगायतका कागजातहरू एकै ठाउँबाट नियन्त्रणमा लिएर गएपनि व्यापारी अग्रवाल सँग सेटिंग गरि तत्काल दुई वटा फर्मको कागजातहरू फिर्ता गरेका थिए भने अर्को फर्ममा पनि कैफियत नदेखाएको राजस्व अनुसन्धान स्रोतबाट बुझिन आएको छ।

त्यसैगरी हालै नेपालको प्रतिष्ठित उद्योग हिमाल स्टीलमा पनि भण्डारी र दाहालले छापामारी गरि कागज़ पत्र नियन्त्रणमा लिई बार्गेनिङ गरिरहेको सम्बद्ध स्रोतले जनाएको छ।

यति मात्र नभई भण्डारीले रात्री गस्तीको नाममा समेत आतंक फैलाइरहेको ट्रांसपोर्ट व्यवसायीहरूले गुनासो गरेका छन्। भण्डारीले बारा, पर्सा, रौतहट, सर्लाहीलगायत विभिन्न जिल्लाबाट आउने मालबाहक गाडीलाई रात्री गस्तीको नाममा अमलेखगंजमा चेक जाँचको बहानामा रोक्ने जसमध्ये तस्करी र कैफियत देखिएकाहरूबाट तुरुन्त पैसा लिएर छाड्ने र बिना कैफियतका गाडीहरूलाई नियन्त्रणमा लिएर दुःख दिने गरेको गुनासा सुनिँदै आएको छ। भण्डारीले नियन्त्रणमा लिएको गाडीबाट केहि फेला नपर्दा पनि कम्ति मेस खर्च पनि असुल्ने गरेको साहुहरूले गुनासा गर्ने गरेका छन्।

प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीलगायतले व्यापारी, व्यवसायी र सर्वसाधारणलाई सहजता प्रदान गर्न तथा तस्करी नियन्त्रणमा कड़ाई गर्न निर्देशन दिएको भएपनि भण्डारी जस्ता कर्मचारीहरू सरकारको निर्देशनको अवज्ञा गरिरहेका छन्।

तिनै भण्डारीको उद्योग मन्त्रालय सरुवा गरिएपनि उनी राजस्व अनुसन्धान कार्यालय पथलैयामा थमौती गराउन शक्ति केन्द्रमा पैरवी गराईरहेको स्रोतबाट बुझिन आएको छ।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -