Monday, January 13, 2025
घरसमाचारपारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

पारा ओलम्पिकमा पलेशाले जितिन् ऐतिहासिक कांस्य पदक

१४ भदौ, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् ।  फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कांस्य जितेकी हुन् ।

कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।

नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिक देखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो ।

त्यसअघि पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २-१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।

पलेशाले आजै भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१-० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेकी थिइन् । तर क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०-८ ले पराजित भइन् । फर्नान्डेज विरुद्ध सुरुवाती अग्रता लिएपनि अन्तिम समयमा जोगाउन नसक्दा पलेशा पराजित भएकी हुन् ।

पलेशाले यसअघि २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन्  ।तर कांस्य पदक भिडन्तमा उनी चिनियाँ खेलाडीसँग पराजित भइन् ।

लगातार दोस्रो पटक पारा ओलम्पिक खेलेकी पलेशम यस पटक भने छनोट चरण पारा गरेर पारा ओलम्पिक पुगेकी हुन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -