Sunday, January 12, 2025
घरक्राइम चेकपत्रकार पटेलले अनाथ बालबालिकालाई खाद्यान्न र लुगाकपडा मनाए जन्मदिन

पत्रकार पटेलले अनाथ बालबालिकालाई खाद्यान्न र लुगाकपडा मनाए जन्मदिन

राधेश्याम साह/
रौतहट/जिल्लाको परोहा नगरपालिकामा जन्मिएका पत्रकार अभिमनु पटेलले एक अनाथ बाल आश्रमलाई खद्दान सामाग्री लगायतका लुगा कपडा सहयोग गरेका छन । उनले बुधबार आफ्नो जन्मदिनको अवसर पारी रौतहटकै गरुडा नगरपालिका अन्तर्गत रहेको बंशीराम अनाथ बाल आश्रमका २५ जना बालबालिकालाई खद्दान सामाग्री वितरण गरेका हुन ।सामाग्री पाउने बालबालिकाहरु बावु आमा नभएको अनाथ,बालबालिकाहरु रहेको छन ।

उनले सोमबार रौतहटको गरुडा नगरपालिका स्थित रहेको अनाथ बालबालिका आश्रममै पुगेर बालिकालाई एकछाक खाना पुगोस् उदेश्यले समाजमा एउटा परिवर्तनको समेत हुने खालको सन्देश सबैको मनमस्तिकमा जाओस् भन्ने चाहनाका साथै २५ जना अनाथ बालबालिकालाई खाद्यान्न सामाग्री चामल, आलु, प्याज, चिनी, नुन, चिउरा, चायपती, दाल, खाने करूवातेल, फ्रुटी, डालबुट, चोकोपन, चक्लेट, मिठाइँ, स्वाबिन, अगरबती, लगाउने नारियल तेल, नुहाउने साबुन, कपडा धुन साबुन, कपडा धुन सरफ लगायतको सामान बंशीराम अनाथालय आश्रमका संस्थापक अध्यक्ष श्री बंशीराम प्रसाद जयसवाल ज्यूलाई हस्तान्तरण गरेको पत्रकार पटेलले चन्द्रवानी सुर्य दैनिक पत्रिकामार्फत जनाएको छ।

साथसाथै तपाई सम्पूर्ण शुभेच्छुक वरिष्ठ व्यक्तितव, आफन्त, ईष्टमित्र, साथीभाइ, राजनीतिकर्मी, प्रहरी/प्रशासन, व्यावसायिककर्मी, समाजसेवी, स्वास्थ्यकर्मी, विधार्थी, युवा लगायतको मानिसहरूले पनि अनाथ बालबालिका प्रतिको माया, स्नेह, आशिर्वाद सधैं बनिरहोस भन्ने अपेक्षा आशा राख्दै खद्दान समाग्री उपलब्ध गराएका थिए । उक्त खद्दान सामाग्री, लुगाकपडा पाएसंगै बालबालिकाहरु खुशी भएका छन ।

जन्मदिनको अवसरमा पार्टी प्यालेस, डान्सबार गएर मनोरन्जन गर्ने परम्परालाई बिर्सिदै सामाजीक कार्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिनको लागि आफुले सहयोग गरेको पत्रकार पटेलले बताएका छन।

साथै उनले आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिवद्वता जनाउदै बालबालिकको शैक्षिक क्षेत्रमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनीहरुको उज्वल भविष्यको कामना पनि गरे ।

पत्रकार पटेलले वि.सं। २०७९ सालदेखी अनाथ बालबालिकाहरुको हकहित तथा उत्थानको लागि काम गर्दै आएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -