११ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुशीला थिङले संसदमा अरुमाथि प्रश्न उठाउँदा आफूमाथि उठेको प्रश्नबारे पनि ख्याल गर्न आग्रह गरेकी छन् ।
प्रतिनिधि सभामा विपक्षी दलहरूले सरकारले भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरु अगाडि नबढाएको भनेर प्रश्न गरिरहेका बेला कांग्रेस संसदीय दलकी प्रमुख सचेतक थिङले यस्तो बताएकी हुन् ।
‘भुटानी शरणार्थी काण्ड देख्ने, अरु काण्ड के के देख्ने, नागरिकता, पासपोर्ट र सहकारी थलै पर्न लागेको काण्ड देख्दै नदेख्ने यो के भएको हो’, उनले प्रश्न गरिन् ।
अदालतमा विचाराधीन विषय सदनमा उठाउन नपाइने भन्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदमा छलफल हुन नहुने धारणा राखिन् ।
‘यदि यो विषय सदनमा कसैले उठाउँछ भने सभामुखद्वारा रुलिङ होस् यो विषयमा बोल्न पाइँदैन् भनेर । यदि रुलिङ भएन भने म आफैं नियमापत्ति गर्नेछु’, सचेतक थिङले भनिन् ।