Sunday, January 12, 2025
घरसमाचारट्राफिक प्रहरीको सहकार्यमा ट्रायल सेन्टरमा अनियमितता

ट्राफिक प्रहरीको सहकार्यमा ट्रायल सेन्टरमा अनियमितता

वीरगंज/यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रको प्रयागात्मक परीक्षामा हुने भ्रष्टाचार, अनियमितता र अनैतिक लेनदेनमा ट्राफिक प्रहरी कार्यालय पर्साको सहकार्य हुने गरेको बुझिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले आफ्नो माथिल्लो निकायलाई प्रभावमा पारेर यातायात व्यवस्था कार्यालय पर्साको सवारी चालक अनुमति पत्र परीक्षाको ट्रायल सेन्टरको जिम्मा लिन सफल भएका छन् ।

यातायात कार्यालय पर्सा वीरगंजबाट हुने ट्रायल सेन्टरमा अनैतिक तरीकाले कमाइ धन्दा चल्ने गरेका कारण वप्रनानि खकुरेलले त्यहाँको जिम्मा लिएका हुन्। ट्रायल सेन्टरबाट आउने रकम मध्ये जिल्ला ट्राफिक प्रहरी निरीक्षक र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रमुख प्रहरी उपरीक्षकको नाममा समेत छुट्याउने गरेकाले पदीय दुरूपयोग बढेको बताईन्छ।

ट्राफिक प्रहरी उपरीक्षक र जिल्ला ट्राफिक प्रहरी प्रमुखको सेवा गर्ने र भागबन्डा मिलाउन सकिनेलाई नै ट्रायल सेन्टरको जिम्मा दिने गरिएको स्रोतले जनाएको छ।

सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा दक्ष चालकलाई अनेक बहानामा फेल गराउने तथा अदक्षहरू फेल हुँदा पनि सेटिंगमा पास गराउने गुनासाहरू सार्वजनिक भईरहंदा पनि नियमक निकाय मौन रहँदा पर्सा ट्राफिक प्रहरी प्रमुखमा प्रनि भास्कर खतिवडा आएदेखि नै अनियमितता चरमोत्कर्षमा पुगेको छ।

ट्राफिक प्रनि खतिवडाको आगमन यता आर्थिक वर्ष २०८०/०८१ को तथ्यांक हेर्ने हो भने ७९६ वटा सवारी दुर्घटना भएको थियो । यी ७९६ दुर्घटनामा परि ४३ पुरुष, सात जना महिला र एक जना बालिका गरी ५१ जनाले अकालमै ज्यान गुमाउनु पर्‍यो । त्यस्तै ६६ जना पुरुष, १२ जना महिला, चार जना बालक र दुई बालिका गरी ८४ जना सख्त घाइत भए भने ७२० जना घाइते हुनु परेको डरलाग्दो तथ्यांक छ ।

यातायात व्यवस्था कार्यालयबाट लिईने सवारी चालक अनुमति पत्रको ट्रायल अर्थात् प्रयोगात्मक परीक्षामा हुने अनियमितता वापत हुने अतिरिक्त कमाईबाट भागबण्डा पुग्ने गरेका कारण पनि वप्रनानि खकुरेल र प्रनि खतिवड़ाको बारेमा आलोचना भैरहँदा पनि नियमक निकायको मौनताले अनेक प्रश्न उब्जाएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -