Sunday, January 12, 2025
घरसमाचारओलम्पिकमा प्रिन्स दाहाल सबै ३ खेलमा पराजित

ओलम्पिकमा प्रिन्स दाहाल सबै ३ खेलमा पराजित

१६ साउन, काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकमा सबै तीन खेलमा पराजित भएका छन् ।

मेन्स सिंगल्समा समूह पी मा रहेका प्रिन्स बुधबार भएको आफ्नो अन्तिम खेलमा इजरायलका मिसा जिल्बरम्यानसँग २१-१२, २१-१० ले पराजित भए ।

पहिलो पटक ओलम्पिक खेलेका प्रिन्स समूह चरणमा यसअघि दुवै खेलमा हार व्यहोरेका थिए ।

पहिलो खेलमा विश्व नम्बर दुई डेनिस खेलाडी भसक्टोर एक्सेल्सनसँग पराजित भएका प्रिन्स दोस्रो खेलमा आयरल्याण्डका एनहात गुएनसँग पराजित भएका थिए ।

प्रिन्सले तीन खेल खेल्दा कुनै पनि सेट जित्न सकेनन् ।

बिना प्रशिक्षक नेपालबाट पेरिस पुगेका प्रिन्सको साथमा सुरुवाती दुई खेलमा एल साल्भाडोरका प्रशिक्षक थिए ।

यस्तै अन्तिम खेलमा एल साल्भाडोरका प्रशिक्षक बिरामी हुँदा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले नै प्रिन्सको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

प्रिन्सले पहिलो पटक ओलम्पिक खेल्दा धेरै कुरा सिक्ने अवसर भएको बताए । ‘पहिलो ओलम्पिक खेल्दा धेरै कुराहरु सिक्ने अवसर पाएँ । समग्रमा मेरो लागि महत्वपूर्ण रह्यो यो ओलम्पिक’, उनले भने ।

विपक्षीहरु धेरै अनुभवी रहेको प्रिन्सले बताए । ‘अझै धेरै भन्दा धेरै प्रतियोगिता खेलेर अर्को ओलम्पिकमा केही गर्न सकिन्छ जस्तो लाग्छ’, उनले भने ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -