Tuesday, November 26, 2024
घरसमाचारसंकटमा रहेका साना व्यवसायीलाई मौद्रिक नीतिले सम्बोधन गरेन

संकटमा रहेका साना व्यवसायीलाई मौद्रिक नीतिले सम्बोधन गरेन

आज सार्वजनिक मौद्रिक नीतिमाथि चार–पाँच वटा विषयमा केन्द्रित रहेर टिप्पणी गर्नुपर्ने देखिन्छ । यसमा स्रोतको सन्तुलन हुनुपथ्र्यो, त्यो मिलाइएको पाइएन । यसले अल्पकाललाई बढी महत्त्व दियो, दीर्घकाल र मध्यमकाललाई महत्त्व दिएन ।

पहिलो कुरा, ब्याजदर घटिरहेको छ । ब्याजदर घटिरहेका बेला र बढिरहेका बेला तिनीहरूको व्यवस्थापन गर्ने काम मौद्रिक नीतिको हुन्छ । त्यो त राष्ट्र बैंकले गर्नुपर्छ । यसको व्यवस्थापन केन्द्रीय बैंकले गर्नुपर्ने हुन्छ, मैले भनेको सन्तुलन यो हो ।

स्रोत परिचालन र प्रयोग पनि हुुनपर्‍यो । अनि, यो अल्पकालमा हुँदैन, यसको दीर्घकालीन र मध्यमकालीन सोच देखिएन । वित्तीय क्षेत्र र अर्थतन्त्रमा सन्तुलन नभएको यो कुरा हो ।

दोस्रो कुरा, साना तथा मझौला व्यवसायीहरूका लागि मौद्रिक नीतिले केही बोलेन । एउटै कुरा ‘रेगुलेटरी रिटेल पोर्टफोलियो’ २ करोडबाट साढे २ करोड पु¥याउने मात्रै रहेको छ ।

अहिलेको समस्या ठूला ऋणीको होइन, साना ऋणीको त हो । अहिले धेरै रोजगारी दिने उत्पादन बढाउने भनेको त ‘एसएमई’ ले नै हो । राज्यले एसएमईका लागि त केही बोलेन । तोकिएर कुरा पनि केही आएन, ठूला ऋणीहरूलाई केन्द्रमा राखेर मौद्रिक नीति आयो ।

तेस्रो कुरा, काम सिस्टमले गर्छ । सिस्टम भए पो प्रसारण राम्रो हुन्छ । तर, प्रणाली नै राम्रो भएन, संरचनागत चलखेल भयो । मौद्रिक नीतिको उपायभन्दा पनि वित्तीय प्रणाली, वित्तीय संरचनामा चलखलेल हुने काम भयो । यसले राम्रो वा नराम्रो के गर्छ, हेर्न बाँकी छ । तर, प्रणालीमै पसेर चलाउन थाल्नुभयो भने प्रणाली नै बलियो हुँदैन । त्यसले यसको प्रसारण राम्रो हुँदैन । यसमा मौद्रिक नीति चुक्यो जस्तो लाग्छ ।

चौथो कुरा, अहिले राष्ट्र बैंक वित्तीय मध्यस्थकर्ता बन्न सकिरहेको छैन । कर्जा प्रवाह बढाउन सकिरहेको छैन । के कुरामा वित्तीय मध्यस्थकर्ता बन्न सकेन भन्ने कुराका लागि मौद्रिक नीति चुक्यो । उदाहरणका लागि १६औं योजनाले अनौपचारिक अर्थतन्त्रका लागि बोलेको छ ।

१६औं योजनामा नेपालमा अनौपचारिक क्षेत्र झन्डै ५० प्रतिशत छ भनेर लेखेको छ । यसमा चार कुरा लेखेको छ । एउटा दर्ता भएका ४९ र दर्ता नै नभएको उद्योग ५० प्रतिशत देखियो । योजना आयोगको प्रतिवदेन अनुसार कुल आर्थिक प्रतिष्ठानमध्ये लेखा राख्ने ५२ र लेखा नै नराख्ने ४८ प्रतिशत देखियो ।

एउटा मुद्दा के भयो भने यत्रो ठूलो अनौपचारिक क्षेत्र बैंक तथा वित्तीय संस्थामा जोडिने भने हो ८ खर्ब अधिक तरलता नै हुँदैन थियो । यो त अनौपचारिक अर्थतन्त्रको आकार कत्रो छ भन्ने सूचक मात्रै हो । यो ८ खर्ब अधिक तरलता किन परिचालन भएन भन्दा धेरैभन्दा धेरै उद्योग, आर्थिक प्रतिष्ठान त बैंकसँग जोडिएका नै रहेनछन् ।

तर, आर्थिक प्रतिष्ठान त लेखा नै नराख्ने रहेछन् । बैंकले त लेखाको प्रतिवेदन विना कुनै उद्योगलाई ऋण दिँदैन । प्यान, वासलात, अडिट रिपोर्ट चाहिन्छ, यो ठूलो समस्या हो ।

एउटा मुद्दा के भयो भने यत्रो ठूलो अनौपचारिक क्षेत्र बैंक तथा वित्तीय संस्थामा जोडिने भने हो ८ खर्ब अधिक तरलता नै हुँदैन थियो । यो त अनौपचारिक अर्थतन्त्रको आकार कत्रो छ भन्ने सूचक मात्रै हो । यो ८ खर्ब अधिक तरलता किन परिचालन भएन भन्दा धेरैभन्दा धेरै उद्योग, आर्थिक प्रतिष्ठान त बैंकसँग जोडिएका नै रहेनछन् ।

यो अधिक तरलता अनौपचारिक अर्थतन्त्रको आकार घटाउने उपायका रूपमा प्रयोग हुनुपथ्र्यो, तर मौद्रिक नीतिमा त्यो त आएन । उदाहरणका लागि उद्यम विकास सेवाहरूको स्थापना नभई एसएमईमा फाइनान्स त बढ्न सक्दैन ।

भारत, भियतनाम लगायतले स्थापना गरेको छ । हो, यहाँ पनि त्यस्तै स्थापना भएन भने त वित्तीय पहुँच बढ्दैन नि ! अनि कर्जा गएन, कर्जा गएन भनेर हुन्छ ? कर्जा नजानुमा अनौपचारिक अर्थतन्त्रको आकार ठूलो हुनु र त्यसलाई वित्तीय संस्थामा नजोड्नु पनि हो नि त !

कर्जा सूचना केन्द्र जस्तै ‘बीडीएस’ स्थापना नभई हुँदैन । अहिलेको पहुँच उत्पादन र रोजगारीको मात्रै हुन्छ, तर नयाँ र एसएमईहरूले नपाउने हुन्छन् । अहिलेको मौद्रिक नीति वित्तीय पहुँच, जो औपचारिक अर्थतन्त्रमा जोडिएका छन्, उनीहरूको कुरा मात्रै हुने भए । यसले समस्या ज्युँका त्युँ हुन्छ, उद्यमशीलताको विकास नै हुँदैन ।

बीडीएस स्थापनाको कुरा आउनैपर्छ । यो आएको भए निजी क्षेत्रले बुझ्थे । अनि पो कर्जा जान्थ्यो, नयाँ उद्यमीहरू जन्मिन्थे, तर यसमा मौद्रिक नीति चुक्यो । १६औं योजनाको डकुमेन्ट नपढी मौद्रिक नीति ल्याएको जस्तो देखियो । सरकारको आर्थिक नीति सहयोग गर्ने गरी मौद्रिक नीति आउनुपर्ने हो, तर भर्खरै आएको १६औं योजनालाई बेवास्ता गरियो ।

यसले चालु पुँजी कर्जा मार्गनिर्देशनका कुरामा अलि–अलि सुधारका कुराहरू गरेको छ । यसले तत्काल राहत त देला । यसले दीर्घकालमा समस्याको समाधान दिँदैन । यो परम्परागत रूपमा जे भाष्य थियो । दीर्घकालिन रूपमा नभई अल्पकालीन सोचमा आएको देखियो ।

(लेखक थापा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।)

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -