Monday, January 13, 2025
घरसमाचारबागलुङमा विकास खर्च बढ्यो

बागलुङमा विकास खर्च बढ्यो

बागलुङ । जिल्लामा सङ्घीय तथा प्रदेश सरकारी कार्यालयको पुँजीगत खर्चमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९र८० को तुलनामा गत आव २०८०र८१ मा बागलुङको सङ्घीय र प्रदेश अनुदान बजेटको पुँजीगत खर्च बढेको हो । आव २०७९र८० सङ्घीय कार्यालयअन्तर्गतको पुँजीगत खर्च ७१.९४ प्रतिशत रहेकामा गत आवमा पुँजीगत खर्च बढेर ७९.७६ प्रतिशत भएको जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

पुँजीगत बजेट आव २०७९र८० मा रु दुई अर्ब ३३ करोड ८३ लाख २६ हजार छ सय ५० विनियेजना भएकोमध्ये रु एक अर्ब ६८ करोड २० लाख ८० हजार एक सय ६४ खर्च भएको थियो । त्यस्तै गत आवमा विनियोजन भएको रु एक अर्ब ४३ करोड ६३ लाख ८९ हजार तीन सय ९५ मध्ये रु एक अर्ब १४ करोड ५६ लाख ७४ हजार दुई ७५ अर्थात् ७९.७६ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख धर्मभक्त बस्यालले जानकारी दिनुभयो ।

अघिल्लो आवको तुलनामा गत आवमा बजेटको आकारमा कमी आएको भन्दै समग्र बजेटको तुलनामा खर्च बढेको बस्यालले जानकारी दिनुभयो । अघिल्लो वर्षको भुक्तानी तथा ठूला आयोजना गत आवमा सम्पन्न भएकाले पुँजीगत खर्च बढेको जनाउँदै पुँजीगत खर्च बढ्नु भनेको विकास निर्माणले तीव्रता पाउनु भएको उहाँले बताउनुभयो ।  

सङ्घीय कार्यालयको ३६, प्रदेश कार्यालयको एक र जिल्लाका १० स्थानीय सरकारलाई आएको सङ्घीय अनुदानसहित ४७ कार्यालयको बजेट विनियोजनका आधारमा चालु तथा पुँजीगत खर्च ९३.१३ प्रतिशत रहेको बस्यालले जानकारी दिनुभयो । अघिल्लो आवको तुलनामा गत आवको चालु खर्चमा समेत कमी आउनु सकारात्मक भएको उहाँले उल्लेख गर्नुभयो । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बस्यालले अनुसार चालु खर्च घटाउन सकेमा विकास खर्च बढ्ने बताउँदै अघिल्लो आवको तुलनामा गत आवमा रु २६ करोड ५३ लाख ३६ हजार दुई सय २३ रकम कम खर्च भएको जनाउनुभयो । गत आवमा सवारीसाधन तथा तलब भत्तामा कम खर्च भएको आँकलन गरिएको छ । 

“विनियोजन बजेटलाई आधार मान्दा विकास बजेटको खर्च बढेको छ भने चालु खर्च घटेको छ, यो सकारात्मक पक्ष हो । चालु खर्च घट्दा विकास बढ्छ”, बस्यालले भन्नुभयो, “सङ्घीय सरकारको मात्रै होइन प्रदेश सरकारअन्तर्गत बागलुङका कार्यालयको पुँजीगत खर्च अघिल्लो आवको तुलनामा ८.६ प्रतिशतले बढेको छ । निर्माण व्यवसायीले काम गरेपनि भुक्तानी नपाएको गुनासो छ, बहुवर्षी आयोजनामा धेरै भुक्तानी दिन सकेको भए अझै पुँजीगत खर्च बढ्ने थियो ।” 

प्रदेश सरकारअन्तर्गतका कार्यालयले अघिल्लो वर्षमा ७३।८० खर्च गरेकामा गत आवमा पुँजीगत खर्च बढेर ८२।४ प्रतिशत भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारबाट अघिल्लो आवमा बागलुङका २० कार्यालयलाई प्राप्त रु दुई अर्ब ४१ करोड नौ लाख ८५ हजार नौ सय ६५ मध्ये रु एक अर्ब ७७ करोड ९३ लाख ५९ हजार दुई सय ५७ खर्च भएको थियो । 

गत आवमा प्रदेश मातहतका कार्यालयलाई प्राप्त रु एक अर्ब ९७ करोड ६६ लाख २५ हजारमध्ये रु एक अर्ब ६२ करोड ८८ लाख ८८ हजार ३०७ अर्थात् ८२.४० प्रतिशत खर्च भएको कोष नियन्त्रक आचार्यले उल्लेख गर्नुभयो । उहाँका अनुसार उक्त खर्च गत आर्थिक वर्षको प्रतिशतमा ८.६ ले वृद्धि भएको छ । 

प्रदेश मातहतको चालु र पुँजीगत जोड्दा ७९.३ प्रतिशत वित्तीय प्रगति भएको आचार्यले जानकारी दिनुभयो । जिल्लामा धेरै बजेट खर्च गर्ने कार्यालयमा सडक डिभिजन, खानेपानी तथा सरसफाइ, जलस्रोत तथा सिँचाइ डिभिजन र पूर्वाधार विकास कार्यालय रहेका छन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -