Monday, January 13, 2025
घरसमाचारएक वर्षको अवधिमा ५९३ सवारी दुर्घटना, ८७ जनाको मृत्यु

एक वर्षको अवधिमा ५९३ सवारी दुर्घटना, ८७ जनाको मृत्यु




झापा । झापामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ८७ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०८०, ०८१ मा भएको ५ सय ९३ सवारी दुर्घटनामा परी सो सङ्ख्यामा मानिसहरूको मृत्यु भएको जिल्ला ट्राफिक कार्यलय बिर्तामोड झापाले जानकारी दिएको हो । गत आर्थिक वर्षको साउनदेखि गत असारसम्म ५ सय ९३ सवारी दुर्घटना हुँदा उक्त सङ्ख्यामा मानवीय क्षति भएको तथ्यांक रहेको छ ।

सवारी दुर्घटनामा मुत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेको जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिनुभयो । सडक दुर्घटनामा परी १ सय ६४ जना गम्भीर र ८ सय ३ जना सामान्य घाइते भएका छन् । सबैभन्दा धेरै ५ सय ५१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् ।

प्रहरी नायब निरीक्षक गौतमका अनुसार ३७ ट्रक, ३५ बस, ८८ जीप–कार, ३१ ट्र्याक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन् ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष २६.२७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको र मानवीय क्षति पनि कम भएको गौतमले जानकारी दिनु भयो । आ.व. २०७९/०८० मा ८ सय ४ सवारी दुर्घटनामा १ सय १४ जनाले ज्यान गुमाएका थिए ।

ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी नायब निरीक्षक गौतमको भनाइ छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -