Wednesday, November 27, 2024
घरसमाचारअमेरिकी डलरसँगै युरो महँगियो, यस्तो छ विनिमयदर

अमेरिकी डलरसँगै युरो महँगियो, यस्तो छ विनिमयदर

१ साउन, काठमाडौं । मंगलबार अमेरिकी डलर तथा युरो महँगिएको छ । एक अमेरिकी डलरको भाउ १० पैसा तथा युरो १५ पैसा महँगिएको हो ।

नेपाल राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ ६ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ ४६ पैसा छ । त्यस्तै एक युरोको बिक्रीदर मूल्य १४६ रुपैयाँ २७ पैसा तथा खरिददर १४५ रुपैयाँ ६२ पैसा छ । एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९८ रुपैयाँ २४ पैसा, अस्ट्रेलियन डलरको ९० रुपैयाँ ८७ पैसा छ ।

साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७४ पैसा, खरिददर मूल्य ३५ रुपैयाँ ५८ पैसा तोकिएको छ । कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७६ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ६० पैसा छ ।

यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ५० पैसा र खरिददर मूल्य ३६ रुपैयाँ ३४ पैसा छ भने मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ७० पैसा र खरिददर मूल्य २८ रुपैयाँ ५७ पैसा छ ।

अघिल्लो दिनको तुलनामा साउदी रियाल २, कतारी रियाल २, मलेसियन रिंगिट १ र यूएई दिरामको भाउ ४ पैसा बढी हो । १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ ४९ पैसा छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -