Monday, January 13, 2025
घरसमाचारधादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित




मलेखु (धादिङ)। धादिङको उत्तरी क्षेत्रस्थित गङ्गा जमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गए राति बर्सातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो ।  

गाउँमुनिबाट सुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिनुभएको छ । “चारैतिरबाट पहिरोले घेरेको छ । गाउँभन्दा मुनिबाट जताततै छियाछिया बनेको छ । एउटा घरको शौचालय बगिसक्यो”, उहाँले भन्नुभयो, “गएराति १२ बजेतिर पानी पर्‍यो, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौँ ।”

मकैवारिको भित्रभित्रै चिरा परेको छ । गाउँमा बजारको जस्तै सबै जोडिएको झुरुप्प परेका घरहरू छ । एउटा भत्किने बित्तिकै सबै भत्किने खालको घरहरू छ । पहिरोको मुखमै परेको नोर्बु लामासहित तीन-चार परिवारले राति नै घर खाली गरेको पूर्णलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस्तीभन्दा तल्लो भागबाट बारीका गराहरू भासिन थालेका छन् । जमिन चिरा परेर बग्न थालेको छ । पहिरो झर्ने सङ्केत देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झन खतरा बढेको जनाइएको छ । अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।

किचेत गाउँमा विशेष गरी तामाङ समुदायको बसोबास छ । सो गाउँ जिल्ला सदरमुकाम धादिङ बेँसीबाट करिब ५५ किलोमिटरको दूरीमा छ । बर्खा लागेपछि सो स्थानमा पुग्न यातायात सेवा समेत अवरुद्ध हुने गर्दछ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -