२८ असार, काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ ६ पैसा बढेको छ । राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ ४० पैसा छ ।
अष्ट्रेलियन डलर २१ पैसा र क्यानेडियन डलर ६ पैसा बढेको छ । एक अष्ट्रेलियन डलरको बिक्रीदर मूल्य ९० रुपैयाँ ५० पैसा तथा खरिददर ९० रुपैयाँ १० पैसा कायम भएको छ ।
क्यानेडियन डलरको बिक्रीदर ९८ रुपैयाँ २७ पैसा तथा खरददर मूल्य ९७ रुपैयाँ ८३ पैसा छ । एक यूरोको बिक्रीदर मूल्य १४५ रुपैयाँ ४० पैसा तथा खरिददर मूल्य १४४ रुपैयाँ ७५ पैसा छ ।
एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ५९ पैसा, खरिददर मूल्य २८ रुपैयाँ ३७ पैसा छ । अघिल्लो दिनको तुलनामा यो १० पैसा बढी हो । एक कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७५ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७३ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५७ पैसा तोकिएको छ । कतारी र साउदी रियाल अघिल्लो दिनको तुलनामा २ पैसा बढी हो ।
बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४८ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ३२ पैसा तोकेको छ । सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ । १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ २९ पैसा छ ।