Monday, January 13, 2025
घरपत्रपत्रिकायातायात कार्यालयबाट लाइसेन्समा व्यापक अनियमितता, अख्तियारलाई चुनौती

यातायात कार्यालयबाट लाइसेन्समा व्यापक अनियमितता, अख्तियारलाई चुनौती

रौतहट/यातायात कार्यालय रौतहटले पैसाको भरमा लाईसेन्स बनाउँदै गरेको रहस्य खुलेको छ । सवारी चालक पत्र बनाउनको लागि आएका सेवाग्राहिसँग कार्यालय प्रमुख अमरेन्द्र दासले परिचालन गरेका बिचौलीयाहरुले मोटो रकम लिएर मात्रै लाईसेन्स दिदै आएका छन् ।

यातायात कार्यालयका प्रमुख अमरेन्द्र दासले कार्यालय भित्र करारका कर्मचारी र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले लिखित र ट्रायल परिक्षाको सेटिङ्ग मिलाई ठुलो रकम लिई पास गराउने गरेको प्रमाण फेला परेको छ ।

यातायात कार्यालय रौतहटका प्रमुख दासले परिचालन गरेका बिचौलियाहरुले सेवाग्राहीसँग छिटो भन्दा छिटो लाईसेन्स बनाई दिन्छु भन्दै १५ हजार देखि ३० हजार रुपैया लिने गरेको सेवाग्राहीहरु बताउँछन् ।

त्यसरी उठाएको रकम दासलाई बुझाई नयाँ लाईसेन्स दिने गरेको स्रोतको दाबी छ ।

त्यसैगरि यातायातमा भईरहेको भ्रस्टाचार रोक्नको लागि ट्रायल सेन्टरको ग्राउण्डमा सिसि क्यामेरा जडान गरे पनि सो क्यामरा हात्तीको देखाउने दाँत जस्तै मात्र रहेको छ । मोटरसाइकलको लाईसेन्स लिनको लागि १५ हजार र ठुलो चार पाङ्ग्रे सवारीहरुको २५ देखि ३० हजार लिएर फेल भएकाहरुलाई पास गराउने गरेको स्रोतले दाबि छ ।

यातायात कार्यालय रौतहटका प्रमुख दासका विश्वासपात्रको रुपमा रहेका चितवनका बिचौलिया रमेश पाठक लाई सेवाग्राहि संग पैसा लिएर लाईसेन्स बनाई दिने गरेको आरोपमा रौतहट प्रहरीले २ महिना अगाडि नियन्त्रणमा लिएको थियो ।

पाठकलाई रकम लाईसेन्सका लागी रकम असुल गर्न कार्यालय प्रमुख दासले नै परिचालन गरेका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -