Tuesday, November 26, 2024
घरसमाचारबालबालिकाले तयार पारेको ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ प्रतिवेदन राष्ट्रसंघको बैठकमा प्रस्तुत गरिने

बालबालिकाले तयार पारेको ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ प्रतिवेदन राष्ट्रसंघको बैठकमा प्रस्तुत गरिने

काठमाण्डौ/नेपालले आगामी असार महिनाभित्र दिगो विकास लक्ष्य सम्बन्धी ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ प्रतिवेदन तयार पारी संयुक्त राष्ट्रसंघ अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने भएको छ ।

यसअघि नेपालले पहिलो पटक सन् २०१७ र दोस्रोपटक सन् २०२० मा समीक्षा गरेको थियो । यहि प्रकृया अन्तर्गत दिगो विकास सम्बन्धि बालबालिकाहरुकै नेतृत्वमा राष्ट्रिय स्वेच्छिक समीक्षा प्रतिवेदन तयार पार्न लागिएको छ ।

कन्सोर्टियम नेपाल, नेपाल क्म्न्क फोरमसँगको सहकार्यमा उच्चस्तरीय राजनीतिक फोरमको लागि बालबालिकाको नेतृत्वमा स्वेच्छिक राष्ट्रिय समीक्षा (VNR)प्रतिवेदन २०२४ लाई सहजिकरण गर्दै छ । सो प्रतिवेदनले दिगो विकास लक्ष्यहरूमा नेपाली बालबालिकाको आवाजलाई उठान गर्ने लक्ष्य राखिएको छ ।

यसै सन्दर्भमा, कन्सोर्टियम नेपालको सहजिकरणमा दिगो विकास लक्ष्य र लागि बालबालिकाको नेतृत्वमा तयार गरिने स्वेच्छिक राष्ट्रिय समीक्षा (VNR)प्रतिवेदन सम्बन्धि शनिबार राजधानीमा दुई दिने राष्ट्रिय कार्यशालाको समापन भएको छ । कार्यशालामा ७ वटै प्रदेशबाट बालबालिकाको प्रतिनिधित्व भएको थियो । राष्ट्रिय कार्यशाला गर्नुअघि प्रत्येक प्रदेशको दुईवटा स्थानीय तहमा दिगो विकास लक्ष्य (SDG) र बालबालिकाको नेतृत्वमा तयार गरिने स्वेच्छिक राष्ट्रिय समीक्षा (VNR) प्रतिवेदन बारे स्थानीय स्तरमा कार्यशाला आयोजना गरिएको थियो । स्थानीय स्तरबाट प्राप्त सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार पार्न यस कार्यशालामा छलफल गर्दै बालबालिकाकै चार सदस्यि समिति गठन गरिएको छ । अब बालबालिकाहरु प्रतिवेदन लेख्नलाई एकै ठाउँमा भेला हुनेछन् ।

कार्यशालामा राष्ट्रिय योजना आयोगको माननीय सदस्य, गैर सरकारी संस्था महासंघ नेपाल, नेपाल एस डि जी फोरुम, राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष, विकासका साझेदार संस्था, बाल अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगको माननीय सदस्यले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको र निर्धारित लक्ष्य प्राप्त गर्न संघ, प्रदेश र स्थानीय तह र नागरीक संघ सस्थाको भूमिका निर्वाह गरिरहेको बताउनु भयो । वहाँले बालबालिकाले लेख्ने प्रतिवेदन विश्वैमै नौलो रहेको र यस्तो प्रकृयामा बालबालिकाको सहभागिता हुनु महत्वपूर्ण रहेको बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -