वीरगंज/प्रहरीले १३ लाख नौ हजार नक्कली नेपाली नोटसहित एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा कोल्हवी नगरपालिका-६ बस्ने २५ वर्षीय राजन चौधरी सोही नगरपालिका-५ बस्ने १९ वर्षीय आकाश चौधरी, रौतहट, राजपुर नगरपालिका–१ बस्ने १९ वर्षीय मोहनकुमार साह र भारतको बिहार राज्य, जिल्ला मोतीहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा वडा नं. ७ बस्ने ४० वर्षीय महमद रहेका आलम छन्।
सिम्रौनगढ नगरपालिका–९ सानो बसवरियाबाट बीआर ०६ ए डब्लु नम्बरको मोटरसाइकलसहित नेपाली नक्कली नोट एक हजारको ७०७ वटा गरी सात लाख सात हजार प्रहरीले बरामद गरेको थियो।
उक्त नोटसहित तीन जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो।
यस्तै प्रहरीले भारतीय नागरिक आलमलाई सोही स्थानबाट साइकलमा आउँदै गरेको अवस्थामा नेपाली नक्कली नोट एक हजारको ६०९ वटा गरी ६ लाख नौ हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
उक्त स्थानबाट प्रहरीले ना ३४ प ३५१२ नम्बरको मोटरसाइकल र एउटा साइकल पनि बरामद गरिएको उनले बताए।
नक्कली नोटसहित चार जना पक्राउ
अर्को के पढ्ने...