Tuesday, November 26, 2024
घरसमाचार४० करोड बढी विद्युत्  महसुल नतिरेको भन्दै सम्राट् सिमेन्ट कम्पनीको लाइन काटियो

४० करोड बढी विद्युत्  महसुल नतिरेको भन्दै सम्राट् सिमेन्ट कम्पनीको लाइन काटियो




दाङ । नेपाल विद्युत् प्राधिकरण लमही केन्द्रले महसुल नतिरेको भन्दै सम्राट् सिमेन्ट कम्पनीको विद्युत् लाइन मङ्गलवार देखि काटेको छ ।

सम्राट् सिमेन्ट कम्पनीले हाल सम्म डेलिकेटेट लाइनको जरिमाना बाहेक करिब  ४० करोड  तिर्नु पर्ने देखिन्छ ।

 लमही वितरण केन्द्र लमहीका प्रमुख युवराज रावतका अनुसार कम्पनीले नियमित विधुत महसुलको चार्ज ६ करोड नतिरेको हुँदा कम्पनीको लाइन काटेको बताउनु भयो 

केन्द्रका कार्यालय प्रमुख युवराज रावतले कम्पनीलाई बारम्बार जानकारी गराउँदा पनि महसुल नतिरे पछि लाइन काट्न बाध्य भएको बताउनु भयो ।  

विद्युत् प्राधिकरणले बि सं २०७३ साल चैत देखि उत्पादन  कम्पनीहरूलाई  डेलिकेटेट लाइन जडान गरिदिएको थियो  जो सामान्य महसुल भन्दा  बढी महसुल तर्नु पर्न हुन्छ। 

यो लाइन लोडसेडिङ नहुने लाइनका रूपमा लिइन्छ । सरकारले लोडसेडिङ अन्य गरेसँगै उक्त चार्ज सामान्य महसुलमा मिटर रिडिङ भए प्रमुख रावतले बताउनु भयो । 

प्रमुखले भन्नू भयो हामीले अहिले रेगुलर महसुल तिर्न भनेका हौ कम्पनीले लामो समय देखि महसुल नतिरेको हुँदा विद्युत् काटेको हो ।

त्यो डेलिकेट लाईको विषयमा सरकारले आयोग गठन गरेर अध्ययन गरिरहेकाले यश विषयमा आफूलाई  धेरै कुरा थाहा नभए बताउँदै  कम्पनीले मासिक रूपमा तिर्नु पर्ने विधुत महसुल जो ६ करोड हुन्छ त्यो तिरे पछि लाइन जोड्ने बताउनु भयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -