बीरगंज । अर्थमन्त्री वर्षमान पुनले कानुनी जटिलतालाई हटाएर विदेशी लगानी भित्र्याउनका लागि लगानी सम्मेलनको आयोजना गर्न लागिएको बताउनुभएको छ । वीरगंजमा आज अर्थतन्त्रमा देखिएको जटिलता र त्यसको निराकरणको लागि आयोजित अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पुनले एक दर्जनभन्दा बढी कानुन परिमार्जनको प्रक्रियामा रहेको र स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्ने विश्वासको वातावरण निर्माणका लागि सरकार सक्रिय …