इलाम । इलाम प्रतिनिधि सभा २ को उपनिर्वाचनमा मनोनयन दर्ता जारी छ । जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो क्रममा मनोनयन दर्ता गरेको छ ।जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप)ले सुरुमै मनोनयन दर्ता गर्नु भयो ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ ।नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गर्नु भयो । जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् । तेस्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन् । गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा निर्वाचनमा गौतम नेपाली कांग्रेस ९विपी० बाट इलाम–२ मा उम्मेदवारी दिनु भएको थियो ।
यसैगरी नेकपा एकीकृत समाजबादी बाट जीत बहादुर राईले चौथोमा मनोनयन दर्ता गर्नु भएको छ भने स्वतन्त्रबाट डकेन्द्र सिंह थेगिमले मनोनयन गरि सक्नु भएको छ । नेकपा एमाले र नेकपा माओवादीको संयुक्त उम्मेदवार सुहाङ नेम्वाङले मनोनयन दर्ता गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मिलन लिम्बूले र नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले केही बेरमा मनोनयन दर्ता गर्ने जनाइएको छ।