Tuesday, November 26, 2024
घरपत्रपत्रिकामहरालाई असल नियतले पक्राउ गरिएकै छैन : भट्टराई

महरालाई असल नियतले पक्राउ गरिएकै छैन : भट्टराई

काठमाडौँ/पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादीका उपाध्यक्ष कृष्णबहादुुर महरालाई पक्राउप्रति असल नियत नभएको शंका गरेका छन्।

बुधबार समसायिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराई पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला महरालाई पक्रउनुलाई आफूले पालेको खसी काटेर चोखिने तयारीका रुपमा व्याख्या गरे।पञ्चालयत कालमा एकपटक राजाको एडिसी र आइजिपी पक्राउ परेको घटनासँग उनले महराको पक्राउलाई तुलना गरे।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘एकपटक म पञ्चायतका नेता राजेश्वर देवकोटासँग भेट्न गएको थिए। त्यहीँ बेला राजाका एडिसी र प्रहरी प्रमुख नै पक्राउ परेका थिए। यो विषय के हो भनेर सोध्दा उहाँले भन्नुभयोः आफूले पालेको खसी काट्नु नौलो भयो र ?’ डा. भट्टराईले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको कुर्सीमा बसेर आफ्नो पार्टीविरुद्ध जालसाजी गरेको आरोप लगाए।अर्का अध्यक्ष महिन्द्रराय यादव, गंगा नारायण श्रेष्ठलगायतका नेताहरुले माओवादीसँग मिसिने भनेर प्रधानमन्त्रीकै उपस्थितिमा सहमति हुनुलाई जालसाजीको संज्ञा दिए।पार्टीमा छाड्ने आउने क्रम चल्नु स्वभाविक भएको टिप्पणी गर्दै भट्टराईले भने, ‘हाम्रा साथीहरु यात्रामा लागि रहँदा चौतारीमा थकाइ मार्ने, घरमै बस्ने तयारीमा हुनुहुन्छ, यो निरन्तर चलिरहन्छ।

प्रधानमन्त्रीको उपस्थितिमा केही व्यक्ति प्रवेश गरेको विषयलाई पार्टी नै मर्ज भयो भन्नु ठीक होइन। म पार्टीको अध्यक्ष छु। जालसाजी पूर्ण प्रचार गरियो, उसै त जनामा राजनीतिप्रति वितिष्णा छ, त्यसलाई झन बढाएको छ। केही साथीहरु अरु पार्टीमा जान चाहनुहुन्छ भने त्यसलाई अन्यथा मान्नु हुँदैन।’उनले पार्टी छाड्नेलाई फुलमाला लगाएर बिदा गर्ने सोचमा रहे पनि प्रधानमन्त्रीबाट धोका भएको टिप्पणी गरे। उनले नयाँ शक्ति निर्माणको अभियान जारी रहेको उल्लेख गर्दैै चुनावदेखि चुनावसम्म जाने दल आवश्यक नभएको उल्लेख गरे। डा. भट्टराईले पार्टी छाडेर जानेलाई लिङ्ग्रिङ लिङ्ग्रिङ नगर्न सुझावसमेत दिए।

आफूहरु मुद्दा मामिला गरेर सांसद पद खाइदिने पक्षमा नरहेकाले माओवादीमा मिसिन जानेहरु गए हुने र लानलाई प्रचण्डलाई पनि म्यासेज गरेको सुनाए।‘चुनावका निम्ति चुनावभन्दा पनि जनताका समस्या समाधान गर्ने सवाललाई उठाउन चाहन्छौँ।

निर्वाचन प्रणाली नफेरिसम्म देशमा राजनीतिक स्थितरता आउँदैन, उनले भने।डा. भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली जनलोकपाल बनाउन सुझाव दिए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -