Tuesday, November 26, 2024
घरमनोरञ्जनअमेरिकामा एकल सांगितिक कार्यक्रममा हिमालयन हेड्रिक्सद्वारा दमदार प्रस्तुति

अमेरिकामा एकल सांगितिक कार्यक्रममा हिमालयन हेड्रिक्सद्वारा दमदार प्रस्तुति

काठमाडौं/संसारभर द हिमालयन हेड्रिक्सको उपनामले चर्चित नेपाली कलाकार अशेष डंगोलले संयुक्त राज्य अमेरिकामा एकल सांगितिक कार्यक्रम दमदार रुपमा पुस २० गते प्रस्तुत गरेका छन् ।

हिमालयन ग्रिल वाटर फ्रन्ट एण्ड लङ बिच् साउन्ड द्वारा आयोजित ‘द हिलिङ सेसन विथ अशेष’ शीर्षकको करिब दुई घण्टासम्म चलेको सांगितिक कार्यक्रमा अशेष डंगोलको करिब २६ वर्ष भन्दा बढीको मिहिनेत र संगीत साधनाबाट सिर्जित नयाँ नेपाली मौलिक सांगितिक धुनहरुले हिमालयन ग्रिल वाटर फ्रन्ट प्यासिफिक कोष्ट हाइवे, क्यालिफोर्नियाको हल गुन्जिएको थियो। तीनै धुनसँगै आनन्दपूर्वक ध्यान बस्न मिल्ने जनाए ।

साथै गत पुस १४ गते विश्वभर ब्लुज संगितका लागि स्थापना गरीएको, ह्युस्टनमा अवस्थित ‘हाउस अफ ब्लुज’ फाउन्डेसन रूममा बेजोड शैलीको सांगितिक प्रस्तुति दिएर स्वर्ण अक्षरले इतिहासमा नाम लेखाउन सफल भएका छन् अशेष डंगोल।

करिब ९० मिनेटसम्म भएको कार्यक्रममा उनलाई बेस गीतारमा प्रवेश काफ्ले र ड्रममा आयुष डंगोल ‘द म्याड हनि ब्याड’ बाट साथ दिएका थिए भने जसमा टुर म्यानेजरेको भूमिका प्यूष दाहालले गरेका थिए ।

सो एकल सांगितिक प्रस्तुति गरेको कार्यक्रममा उनकै मौलिक गीतहरू जात्रा भाइब, कस्मिक भाइब, फङ्क भाइब ब्लुज, ग्रीड, इन्सर्च टुअर्ड फ्रीडम, तिमीलाई म, आदि आफ्ना एल्बमहरूका साथै जिमी हेन्ड्रिक्सका तीन कभरहरू र एउटा परम्परागत ब्लुज गीत प्रस्तुत गरेर दर्शकलाई मन्त्र मुग्ध बनाएका थिए ।

आइबि रुम, एल्बानी क्यालिफोनियामा आयोजना हुन गइरहेको सांगितिक कार्यक्रममा अशेष डंगोललाई ब्लुज अम्ब्यासडर अफ नेपाल भनेर आगामी माघ ६ गते सम्मान गरिने छ ।

संयुक्त राज्य अमेरिकाको सांगितिक भ्रमण पूरा गरि आगामी माघ १२ गते जन्मभूमि देश नेपालमा फर्किने कार्यक्रम रहेको छ । यस भन्दा अगाडि भाद्र २९ गतेदेखि ३० सम्म चलेको “बेस्ट ड्याम ब्लुज महोउत्वसमा” उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अशेष डंगोलको परिचय

काठमाडौं धर्ति पुत्र “अशेष डंगोल” आज भन्दा २९ बर्ष अघिदेखि सांगीतिक क्षेत्रमा उहोरात्र रूपमा पाइला राख्दै आएका विश्वभर “हिमालयन हेंड्रिक्स” उपनामले चर्चित रहेका छन् । यो उपाधी उनलाई सन् २०१० सालमा नर्वेजियन र जर्मन मिडियाद्वारा “हिमालयन हेंड्रिक्स” दिएको थियो । उनका विभिन्न गीतहरु नेपालको हिट्स एफ।एम म्यूजिक अवार्डमा छनौट भएका छन्। अशेषले डंगोलले विश्वका १२ वटा राष्ट्रमा समेत आफ्नो सांगितिक प्रस्तुति प्रस्तुत गर्न सफल भएका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -