Wednesday, January 22, 2025
घरसमाचारअर्थवाणीभरतपुर महानगरपालिकाले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट

भरतपुर महानगरपालिकाले ल्यायो ६ अर्ब ३१ करोड रुपैयाँको बजेट

भरतपुर/चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०/८१ का लागी ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट पेश गरेको छ।

महानगरले आइतबार आगामी आर्थिक वर्षका लागि उक्त रकमको बजेट विनियोजन गरेको हो ।यस अन्तर्गत आन्तरिक आर्यतर्फ १ अर्ब ७५ करोड (घरजग्गा रजिष्ट्रेशन एवम् खानी तथा खनिजजन्य पदार्थको बाँडफाँडबाट प्राप्त) अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रेदश सरकारको राजश्व बाडफाँडबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्व ६५ करोड, सडक बोर्ड नेपालबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ।

अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्व १० करोड रहने प्रक्षेपण गरिएको छ। महानगरले चालु आर्थिक बर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्का भएका योजनाहरुको समयमै सम्पन्न गर्नका लागि १ अर्व ६५ करोड बजेट विनियोजन गरिएको छ।

भरतपुर महनगरका २९ वटा वडाका लागि प्रत्येक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रकम विनियोजनका लागि प्रस्ताव गरिएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -