Tuesday, November 26, 2024
घरक्राइम चेकहवल्दार कुट्ने प्रहरी निरीक्षकसहित तीन जना निलम्बित

हवल्दार कुट्ने प्रहरी निरीक्षकसहित तीन जना निलम्बित

झापा । झापाकाे मेचीनगर नगरपालिका-५ स्थित नकलबन्दामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नभप्रभाव राईसहित तीन जना निलम्बित भएका छन् ।

जेठ २३ गते मंगलबार राति करिब साढे १० बजेको समयमा नकलबन्दामा सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह वाहिनी सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलाले भारततर्फ गाई गोरु कटाएको निहुँमा ड्युटीमा खटिएका सशस्त्रका वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरू गणेश बहादुर तामाङ, रामबहादुर कार्की, सशस्त्र प्रहरी सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीलाई मेची नदीको पानीमा चोबल्दै, खेदाउँदै भाटैभाटाले कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते भएकाहरू सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत थिए। सादा पोसाकमा आएका इन्स्पेक्टर राईसहितको टोलीले बर्दीधारी सशस्त्रलाई सार्वजनिक स्थलमा कुटपिट गरिरहेको देखेपछि त्यहाँका स्थानीय प्रतिकारमा उत्रिदाँ करिब ६ घण्टा घटनास्थल तनावग्रस्त बनेको थियो।

सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरू क्रमशः रामसुन्दर तामाङ र जीवन बास्तोलालाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

निरीक्षक राईलाई गृह मन्त्रालय र दुई जवानलाई सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले निलम्बन गरेको हो । घटनाको छानबिनको लागि सशस्त्र प्रहरी बल मुख्यालयका एआइजी चन्द्रप्रकाश गौतमको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -