Tuesday, November 26, 2024
घरक्राइम चेकनाबालिका बलात्कारमा ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्ष कैद सजाय

नाबालिका बलात्कारमा ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्ष कैद सजाय

ओखलढुंगा/ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चार जनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीमा सिद्धिचरण नगरपालिका–३ नारायाणथान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो ।​

इजलासले सबैभन्दा बढी प्राध्यानाध्यक फुयाललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तोकेको छ भने ६ लाखको दरले जरिवाना गरिएको छ ।

१२ वर्षीया नाबालिकालाई फरक–फरक स्थान र समयमा जबर्जस्ती करणी गरेको अभियोगमा २३ असार २०७९ मा मुद्दा दर्ता भएको थियो । जसको मंगलबार अन्तिम फैसला भएको हो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -