चन्द्रागिरी/काठमाडौंमा एक महिलाले आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षिया शान्ति श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेको प्रहरी बिट थानकोटले जनाएको छ ।
प्रहरीका अनुसार श्रेष्ठले शुक्रवार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि अचेत अवस्थामा उद्धार गरिएकी श्रेष्ठको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा आज बिहान मृत्यु भएको हो । उनी मच्छेगाउँस्थित प्रहरी प्रभागमा कार्यरत एक प्रहरी हवल्दारकी श्रीमती हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।