Tuesday, November 26, 2024
घरक्राइम चेकमासिक दुई लाख कमाईको प्रलोभनमा १२लाख ठगी

मासिक दुई लाख कमाईको प्रलोभनमा १२लाख ठगी

काठमाडौं/स्लोभाकियामा मासिक दुई लाख रुपैयाँ कमाई हुने आश्वासन दिदैं १२ लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पाँचथर फाल्गुनन्द गाउँपालिका–३ का एकराज नेम्वाङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले स्लोभाकिया पठाउने भन्दै विजय लिम्बुसँग १२ लाख रुपैयाँ लिएका थिए । १५ लाख रुपैयाँ लाग्ने भन्दै उनले लिम्बुसँग पटकपटक गरी १२ लाख रुपैयाँ लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकृत सोमेन्द्र सिंह राठौरकाअनुसार एकराजले लिम्बुलाई स्लोभाकियामा मासिक दुई लाख रुपैयाँ कमाई हुने सपना बाँडेर ठगी गरेका हुन् ।

स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्ने लिम्बुले आश्वासन पाएका थिए । लिम्बुले पैसा दिएपछि एकराज रकम लिई सम्पर्कविहीन भएका हुन् ।

गोंगबुबाट पक्राउ गरेको उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाईएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -