Tuesday, November 26, 2024
घरनिर्वाचनलायन्स क्लब इंटरनेशनल डिस्ट्रिक्ट ३२५S को प्रथम महाधिवेशनबाट डिएन अग्रवाल गभर्नरमा निर्वाचित

लायन्स क्लब इंटरनेशनल डिस्ट्रिक्ट ३२५S को प्रथम महाधिवेशनबाट डिएन अग्रवाल गभर्नरमा निर्वाचित

काठमाण्डौ/लायन्स क्लब इंटरनेशनल डिस्ट्रिक्ट ३२५S को प्रथम महाधिवेशनबाट लायन डिएन अग्रवाल गभर्नरमा निर्वाचित भएका छन्।

काठमाण्डौस्थित स्मार्ट दरबारमा शनिवार सम्पन्न प्रथम महाधिवेशनले लायन डिएन अग्रवाल लायन वर्ष २०२३-०२४को लागि गभर्नर पदमा निर्वाचित भएका हुन् भने 1st VDG मा लायन ताशी डोल्मा तुम्बाहाँग्फे र 2nd VDG मा लायन विनय बस्नेत र गभर्नर पदमा निर्वाचित भएका छन्।

महाधिवेशनमा खसेको जम्मा ११९ मत मध्ये गभर्नर पदका उम्मेदवार लायन देवकी नन्दन अग्रवालको विपक्षमा ८ मत खसेको थियो भने 1st भिडिजी लायन ताशी डोल्मा तुम्बाहाँग्फे र 2nd VDG मा लायन विनय बस्नेत दुबै जनाको पक्षमा ११६ मत खसेको थियो।

नव निर्वाचित गभर्नर देवकीनन्दन अग्रवालले आफ्नो कार्यकालको लागि डिस्ट्रिक्ट सेक्रेटरीमा लायन बासु तिम्लसिना, डिस्ट्रिक्ट कोषाध्यक्षमा लायन रामबीहारी पाण्डे, डिस्ट्रिक्ट पिआरओ चिफमा लायन आकाश सर्राफ, एरिया नं.१का एरिया चिफमा लायन मणीराम लामिछाने एरिया नं.२का चिफमा लायन जेपी यादव र एरिया नं. ३ को चिफमा लायन उमेश शर्मालाई मनोनित गरेका छन्।

कार्यक्रमको प्रथम सत्रमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय रमेश रिजालले प्रमुख अतिथिको आसनबाट उद्घाटन गर्नु भएको थियो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -