वीरगंज । ४७औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्साले सोमबार चियापान कार्यक्रमको आयोजना गरेको छ ।
संघीय साँसद रमेश रिजालको प्रमुख आतिथ्यमा भएको सो समारोहमा वक्ताहरुले सबैको एकता, सहकार्यले सम्मुन्नत र समृद्ध नेपाल निर्माण हुने कुरामा जोड दिएका थिए ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक विश्वेश्वर प्रसाद (बिपी) कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको सन्देशका साथ प्रवासी जीवन त्यागेर भारतबाट नेपाल आएको सम्झनामा एकता तथा मेलमिलाप दिवस मनाउँदै आएकोमा पर्सा काँग्रेसले पनि सोमबार चियापान कार्यक्रम गरि सो दिवस मनाएको हो ।
सो समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अजय चौरसिया, प्रतिनिधिसभा सदस्य बिना जैसवाल, नेपाली काँग्रेस संसदीय दलका पूर्व सचेतक एवं पार्टी केन्द्रीय कार्यालयका पूर्व मुख्य सचिव डा .शोभाकर पराजुली, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दिन, प्रभु हजरा, शम्भु चौहान, दिनेश चौधरी, नविन सिंह, मदन यादव, नेपाली काँग्रेसका युवा नेता धिरज गुप्ता लगायत नेताहरु-कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाली काँग्रेस पर्साका सचिव इम्तियाज आलमले गरेका थिए ।