Tuesday, November 26, 2024
घरविचारव्यापारीलाई सास्ती महानगरलाई मस्ती

व्यापारीलाई सास्ती महानगरलाई मस्ती

वीरगन्ज, १६ पौष

वीरगन्ज महानगपालिका वडा नं ६ अवस्थित प्रख्यात गहवा माई मन्दिर क्षेत्र मा सौन्दर्यकरण को नाममा त्यस क्षेत्रका ब्यापारीहरुलाई महानगरले सस्ती दिंदै आएको छ। जब देखि त्यस क्षेत्रमा मोटोर साईकल आवाजावतमा रोक लगाइयो तबदेखि त्यहाँका व्यापार बन्द गर्ने स्तिथि मा रहेको त्यहाँका व्यापारी ले गुनासो गर्दै आएका छन् तर उनीहरूको कोही सुनी दिनेवाला पनि कोही छैन। गत महिना भित्रै व्यापार नचलेर पसलधनीहरू पसल बेच्न बाध्य भएका छन् महानगर का मेयर संग पटक पटक गुनासो गर्दा पनि मेयर अर्कै रवैया मा कुरे को गुनासो पसलधनी हरुको आरोप छ। भोट को समयमा सबै समस्या समाधान गर्ने आश्वासन दिए पनि झन् समस्या मा राखेको आरोप लगाए। जन्ताको सवारी साधनमा मा रोक लगाइयो तर महानगर को सवारी साधन मा भने रोक छैन । मिति २०७९/०९/१५ गते महानगरपालिकाको सवारी नयाँ वर्ष मनाउने समान किन्न लगेको सवारी को फोटो सोसिल मीडिया मा धेरैं आलोचना सँगै भाईरल बन्यो केही समय पश्चात् मेयरद्वारा सोसल मिडियामा मार्फत कारबाही गर्ने आश्वासन दिए तर त्यस क्षेत्रमा खटे का नगरप्रहरी का जवाब हरू कहाँ थिए  । नगरप्रहरि को उपस्थिति मा सवारी कसरी छिर्न पयो र काम कार्यवाही निजी सवारी चालकलाई मात्र पाउने हो कि त्यहाँ उपस्थित नगरप्रहरिहरू लाई पनि।

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -