Tuesday, November 26, 2024
घरसमाचारमाधव नेपाल अस्वस्थ, उपचारार्थ अस्पताल भर्ना

माधव नेपाल अस्वस्थ, उपचारार्थ अस्पताल भर्ना

काठमाडाैँ/नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालमा भर्ना भएका छन्।

निमाेनियाका बिरामी रहेका नेता नेपालकाे स्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान काठमाडाैँकाे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएकाे हाे।

उनी यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राैतहट- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

हिजाे साेमबारमात्रै पार्टीबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा सरिक भएका नेता नेपाललाई अचानक स्वास्थ्य समस्या देखिएकाे उनी निकट एक नेताले जानकारी दिए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -