Tuesday, November 26, 2024
घरक्राइम चेकपर्सा-१ मा गुण्डागर्दी शुरू, अजय द्विवेदीमाथि हाथपातको प्रयास 

पर्सा-१ मा गुण्डागर्दी शुरू, अजय द्विवेदीमाथि हाथपातको प्रयास 

वीरगंज/ आफ्नो निर्वाचन क्षेत्रमा गएका प्रतिनिधिसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीमाथि हातपातको प्रयास भएको छ।

पर्साको मिलनचौक क्षेत्र भएर निवास तर्फ फर्किन लागेका स्वतन्त्र उम्मेदवार द्विवेदीमाथि प्रतिस्पर्धी उम्मेदवार प्रदीप यादव समूहका समर्थकहरुले घेराउ गरि हातपातको प्रयास गरेको हुन सक्ने बताईएको छ। सो समूहमा प्रदीप यादवसँग प्राय: घुमिरहने गोलु नाम गरेको युवकको अगुवाईमा आक्रमण प्रयास भएको स्रोतले बताएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीसँग बुझ्दा उनले केहि ब्यक्तिको समूहले गाडी घेराऊ गर्ने प्रयास गरेपनि कुनै क्षति नभएको र सो सम्बन्धमा बुझ्न प्रहरी चौकी मिलनचोक स्थित प्रहरी चौकीबाट प्रहरीहरू घटनास्थलमा पुगेकोले थप विवरण आउन बाँकी रहेको बताउनु भयो।

चुनावमा पराजित हुने मानसिक डरले विक्षिप्त भएर गुण्डागर्दीमा उत्रिएर भौतिक आक्रमणमा उत्रिनु राजनीतिक संस्कार विपरीतको कार्य रहेको स्थानीयहरू बताउँछन्।

चुनावको एकदिन अघि देखि नै भारतीय बाहुबली जस्तै दम्भ देखाउने चरित्रबाट मतदाताहरूसचेत हुनु पर्ने देखिएको छ।

अजय द्विवेदीले एक हप्ता अघि देखि नै स्थानीय प्रहरी प्रशासनलाई आफ्नो लगायत सबै उम्मेदवारको गाडी चेक गर्न अपील गरेपनि प्रहरी प्रशासनले चेक नगरि गुण्डाहरुले चेकजाँचको नाममा आक्रमण गर्नुले अनेक प्रश्न उब्जिएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -