Wednesday, November 27, 2024
घरक्राइम चेकजसरी पनि चुनाव जित्ने सिंगासनको दाउ, मतदातामा भने असन्तुष्टि

जसरी पनि चुनाव जित्ने सिंगासनको दाउ, मतदातामा भने असन्तुष्टि

वीरगंज/आउँदो मंसिर ४ गते हुने प्रदेश/प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिएसँगै आफ्नो मत कस्ता उम्मेदवारलाई दिने भन्ने चर्चा र चासो आम मतदाताहरूबीच बढ्दै गर्दा पर्सा निर्वाचन क्षेत्र नं. ४ “ख”का मतदाताहरूले पनि यस पटकको चुनावमा आफूले छान्ने प्रदेशसभा सदस्यको विषयमा गम्भीर चर्चा परिचर्चामा जुटेका छन् ।

क्षेत्र नम्बर ४ अन्तर्गतका चौक चौराहामा चलेका चर्चा अनुसार यस अघि सो क्षेत्रबाट निर्वाचित सिंगासन साह कलवार यस पटक फेरि पनि उम्मेदवार बनेर जनतासँग भोट माग्न अनेक हथकण्डा, घरदैलो जस्ता उपायहरू अपनाउन थालेपछि सो क्षेत्रका आम मतदाताहरूले सिंगासनको बिगतको कृयाकलापलाई मूल्यांकन गर्दा आगामी निर्वाचनमा पुन: मदतान नगर्ने अभिमत राख्न थालेका छन् ।

४ “ख”बाट बिगतमा चुनाव जितेका सिंगासनले सो क्षेत्रको जनताका समस्या लगायतका विषयमा गम्भीर हुनुको सट्टा मूख्यमन्त्री महम्मद लालबाबु राउत गद्दीसँग नजिकको सम्बन्ध बनाएर मधेश प्रदेशका अधिकांश विकास निर्माण एवं सौन्दर्यकरण लगायतका कामहरूको ठेक्का पट्टा लिएर भनिएअनुसारको काम नगरी चरम भ्रष्टाचारमा लिप्त रहेको प्रदेशभरी नै चलेको चर्चालाई स्थानीयहरूले गम्भीर रुपमा लिएका छन् ।

आफ्नो कार्यकालमा क्षेत्रको विकास र आम चासोका विषयलाई सम्बोधन गर्नुको साटो व्यक्तिगत लाभ लिने काममा पदीय दुरुपयोग मात्र गरेर समय कटाएका सिंगासनलाई फेरि पनि भोट दिएर भ्रष्टाचार गर्ने मौका नदिने मनसायमा स्थानीयहरू पुगेका चर्चाले व्यापकता पाइरहेको छ ।

आफ्नो पद र मूख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीसँग लाभको सम्बन्धको आडमा पर्साको वीरगंजस्थित मुर्ली र नगवा पोखरी लगायत मधेश प्रदेशका अधिकांश ठेक्का पट्टाको कामलाई अल्पत्र पार्नुको साथै अनियमितता गरी कमाएका अकूत सम्पत्तिको केही अंश खर्चेर टिकट लिएका र केही रकम खर्च गरी जसरी पनि चुनाव जित्ने दाउमा रहेका सिंगासन साह कलवारलाई स्वतन्त्र उम्मेदवार प्रहलाद गुप्ताले कडा टक्कर दिइरहेका छन् ।

कम्युनिष्ठ पृष्ठभूमिका प्रल्हाद गुप्ता पुरानो पुस्ताका नेता हुन् । हाल उनका नाती मनोज गुप्ता छिपहरमाई गाउँपालिका प्रमुखमा दोस्रो कार्यकाल निर्वाचित भएका छन् ।

वीरगंजको मुर्लीमा रहेको पोखरीमा ठेकेदार कम्पनीकै लापरवाहीका कारण दुई जना बालकले अकालमै डुबेर ज्यान गुमाउनु परेको दु:खद घटना अहिले पनि वीरगंजवासीले बिर्सिन सकेका छैनन्।

सोही ठेक्कापट्टाकै कामबाट कलवारले वीरगंजको घरमा तलामाथि तला थप्दै ४ तला बनाएका छन् भने बारामा हुलास स्टिल नजिकै १३ कठ्ठा जग्गा, वीरगंजको सेकेण्ड बाईपास (४० फिट) सडक नजिकै पनि जग्गा जोड्न सफल भएका छन् । उनले संघीय राजधानी काठमाण्डौमा पनि घर बनाएका छन् ।

ईन्जिनियर भगवान झामार्फत ६० प्रतिशतभन्दा बढी पोखरी सौन्दर्यकरणका ठेक्का कलवारले प्राप्त गरेका हुन् । कलवारले आफ्नो क्षेत्रको विकास र त्याहाँका जनताको जीवनस्तरमा सुधार गर्नुको साटो आफ्नै जीवनयापनमा सुधार गर्नुका साथै आफ्ना आसेपासेहरुलाई मात्रै हेरेको जनताको गुनासो छ ।

नेता बनेपछि त्यसकै बलमा ठेकेदारी गर्दा फाइदा हुने देखेपछि फेरी यसपटक पनि लाखौं खर्च गरेर नेतालाई रिझाएर टिकट हात पार्न उनी सफल भएका छन् । यसरी राजनीतिको ठेकेदारी गर्ने नेतालाई फेरी जनताले मत दिएर जिताउने मूडमा नरहेको आम चर्चा छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -