Tuesday, November 26, 2024
घरसमाचारपर्साका ट्राफिक प्रहरी असुलीमा व्यस्त, दुर्घटनामा एकैदिन दुई मारिए

पर्साका ट्राफिक प्रहरी असुलीमा व्यस्त, दुर्घटनामा एकैदिन दुई मारिए

वीरगंज/ ट्राफिक व्यवस्थापन गरेर जनताको जिउधनको रक्षाको जिम्मेवारीमा खटिने ट्राफिक प्रहरी असुली धन्दामा व्यस्त भएपछि पर्सा जिल्लाको विभिन्न सड़क खण्डमा यात्रा गर्ने यात्रुहरूको ज्यान असुरक्षित बन्दै गएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख ध्रुब दाहाल र उनका मातहतका ट्राफिक प्रहरीहरू जनताको जिउधनको परवाह नगरी पैसालाई प्राथमिकता दिएको पाइएकोले शुक्रवार केहि घण्टाको अन्तरालमा दुई जना नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ।

शुक्रवार विहान १० बजे एक पैदल यात्रु पोखरिया नगरपालिका १ बनकटवा बस्ने विगा रामलाई ना.३ख ५७४३ नं. को ट्रकले ठक्कर दिंदा बहुअरी चौकमा घटनास्थलमा मृत्यु भएको छ।

त्यसैगरि दिउँसो २:२५बजे pradesh२-०३-०२०प ८७९९ नं. को पल्सर मोटरसाइकल सवार वीरगंज महानगरपालिका वडा नं.२३ सबैठवा बस्ने ३० वर्षीय युवा सन्तोष कुशवाहालाई ड्राईपोर्टमा पछाड़ीबाट ना.५ख २२६१ नं.को ट्रकले ठक्कर दिंदा मृत्यु भएको छ ।

दुबै गाडीका चालकहरू प्रहरी नियंत्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक  गिरीले बताउनु भएको छ।

ट्राफिक प्रहरी निरीक्षक ध्रुब दाहाल ट्राफिक प्रहरी निरीक्षक ध्रुब दाहाल

वीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले मिति २०७९-०२-३० गते जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई एक पत्रलेखि ड्राईपोर्ट क्षेत्रमा ट्राफिक व्यवस्थापन नभएमा सर्वसाधारणको जिउधनमाथि खतरा हुने आशय सहितको पत्र लेखि पठाएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब दाहालले ओभर लोडेड ट्रक लगायत मालवाहक सवारीसाधनसँग गरेको असूलीको केहि हिस्सा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसाउद आलम खानसम्मलाई समेत भाग छुट्याएर असुली गर्ने गरेको स्रोतले बताएको छ ।

ट्राफिक प्रहरी असुली धन्दामा व्यस्त भएपछि पर्सा जिल्लाको बाटोमा हिंड्ने बटुवा र यात्रुहरू असुरक्षित छन्।

वीरगंज वडा नम्बर २५का वडाध्यक्ष आशुतोष चतुर्वेदीले २०७९/०२/३० मा ट्राफिक प्रहरी कार्यालय पर्सालाई लेखेको पत्र

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -