चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १० असोज/ सार्वजनिक यात्रुवाहक बसमा लागु औषध दुवानी भइरहेको पाईएको छ।
सशस्त्र प्रहरी बल नेपालले त्यस्तो कारोबारमा संलग्न दुई जनालाई भारी परिमाणको लागु औषध र बस सहित आईतबार नियंत्रणमा लिएको जनाएको छ।
आइतवारसाँझ १७:३० बजेको समयमा जि.पर्सा ठोरी गाउँपालिका वडा नं. २ स्थित रहेको बि.ओ.पि. ठोरीको मुलगेट अगाडि बि.ओ.पि. ठोरीबाट खटिएको ०५ जना टोलीले विशेष सुचनाको आधारमा सुवर्णपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.६ ख. ४०१ नम्बरको THORI METRO नामक नाईट बसलाई चेकजाँच गर्ने क्रममा बसको क्याबिनमा रहेको चालक सिटको पछाडिको सिट मुनी २ प्याकेट (३,००० ट्याब्लेट र चालकको बायाँपट्टि रहेको क्याबिनको लामो सिट मुनी १ प्याकेट ( १५०० ट्याब्लेट) प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध NITRAVET- 10 जम्मा ४,५०० ट्याब्लेट ( ३०० पत्ता १५ ट्याब्लेट फेला पारेको हुँदा उक्त लागु औषध, बस सहित चालक र सहचालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नं.१३ का सूचना अधिकारी सशस्त्र प्रहरी उपरीक्षक संतोष बस्नेतले बताउनु भयो।
पक्राउ पर्नेमा जि. चितवन माडि न.पा.-८ अयोध्यापुरी बस्ने गंगा बहादुर सुनारको छोरा अं बर्ष ४४ को लाल बहादुर सुनार (चालक) र जि. चितवन माडि न.पा.८ जिबनपुर बस्ने बिनोद कुमार दर्जीको छोरा अं.बर्ष २५ को बासुदेव दर्जी (सहचालक) रहेको प्रनाउ बस्नेतले बताउनु भयो।