काठमाडौं । सरकारको निर्देशनपछि सुरक्षा निकायहरु उच्च सतर्क ‘हाई अलर्ट’ मा रहेको जनाईएको छ । नेपाली सेनाको गुप्तचर निकाय डिएमआई, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग उच्च सतर्कमा रहेका छन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्बाेच्च अदालत जाने चर्चा चलेसँगै सरकारले यस्तो कदम चालेको बताईन्छ । सरकारले जबराको हरेक गतिविधि निगरानीमा राख्न भनेको प्रहरीको उच्च अधिकारीले बतायो ।
सरकारको निर्देशन पाएसँगै सुरक्षा निकायलले जबराको सरकारी निवास बालुवाटार, सर्वाेच्च अदालत लगायतका स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जबरा कहाँ जान्छन्, कसलाई भेट्छन् ।
बाहिर जाँदा कहाँ पुग्छन् त्यो सबै जानकारी लिने काम सुरक्षा निकायको परिचालनमा भईरहेको स्रोतले जानकारी दियो । प्रहरीले जबरालाई निवासबाटै निस्कन दिईएको छैन ।