Tuesday, November 26, 2024
घरक्राइम चेकस्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

स्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

वीरगंज, १९ भाद्र/ पर्सा प्रहरीले छुट्टाछुट्टै समयमा श्रोत नखुलेको ११ लाख ५० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको समाचार प्राप्त हुन आएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार भारतबाट मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाएर ल्याएको श्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मीलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्वल थपलियाको टोलीले नियन्त्रणमा लिएको थियो । कुर्मीलाई भारततको रक्सौलबाट वीरगञ्जतर्फ आउने क्रममा पक्राउ परेको पर्साका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए।

कुर्मी ना २८ प २८९० नम्बरको मोटरसाइकलमा आउँदै गर्दा उनीमाथि शंका लागेर चेकजाँच गरेको र सो क्रममा बरामद भएको सातलाख रुपैयाँको स्रोत खुलाउन नसक्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

त्यसैगरी प्रहरी चौकी इनर्वाको नियमित चेकजाँच टोलीले पनि स्रोत नखुलेको चार लाख ५० हजार नगद सहित एकजनालाई पक्राउ गरेको छ ।

वीरगंज-१६ शंकराचार्य गेटस्थित सडक खण्डमा भारतको रक्सौलबाट वीरगञ्जतर्फ ना.५२ प २४२०नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१२ बस्ने वर्ष २७ को सुरज पटेलले लगाएको हेलमेट भित्रलुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली रू. चार लाख ५० हजार फेला परेको हुँदा उक्त रकमबरामद गरी उल्लेखित नम्बरको मो.सा.सहित सुरज पटेललाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -