चन्द्रसूर्य समाचारदाता/
बारा, १३ असोज/ बारा जिल्ला हुने तस्करी, अवैध कारोबारहरूको समाचार विभिन्न संचारमाध्यमहरूमा आइरहेपनि तस्करी नियन्त्रणमा कुनै चासो देखाईएको छैन ।
जिल्लाको सीमावर्ती भारतीय नाका क्षेत्रबाट तस्करहरूले दैनिक मासुजन्य पशु चौपाया तस्करी गरि नेपाल भित्र्याईएरहेको खबर जानकारीमा आएको छ ।
सीमा नाकासँग जोडिएको, मटिअर्वा, मुसहर्वा, बलिरामपुर, पर्सौनी, छतवा लगायतको क्षेत्रमा खटिएका नेपाल एवं सशस्त्र प्रहरीको निगरानी एवं संरक्षणमा पशु चौपायाहरूको व्यापक तस्करी भैरहेको स्थानीयबासीहरू बताउँछन् ।
बलिरामकाे मुसहर्वा लगायतका नाकाबाट राती ११:०० देखि विहान ४:०० बजेसम्म भैंसीको काम हुन्छ । सकील अंसारी, सुरेन्द्र साह, सन्तोष, मनोहरलगायतका व्यापारीहरुद्वारा भैंसी लगायतका तस्करी भइरहेको स्थानीयहरुले बताएका छन् ।
प्रहरीले तस्करहरुसँग मोटो रकम लिनकोलागि पटक-पटक भैंसी नियन्त्रणमा लिई तस्करहरुलाई त्रसित बनाई अहिले मोटो रकम लिएर तस्करीको लाईन दिएको स्रोतले बताएका छन् ।
प्रहरीले आफ्नो व्यवसायिक धर्म बिर्सेर गैरव्यवसायिक व्यवहार प्रदर्शन गर्दा संगठनको साख दिनप्रतिदिन खस्कदो छ ।
समाचारहरू निरन्तर रुपमा पाठकहरूमाझ पस्किंदै जानेछौं ।