चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १६ जेष्ठ/ केहि समय यता पर्सा जिल्लामा अवैध गतिविधि र कारोबार गर्नेहरुको बिगबिगी बढेसँगै नक्कली नोट कारोबार पनि फस्टाएको छ ।
पछिल्लो पटक प्राप्त खबरअनुसार नक्कली नोट साटिरहेको अवस्थामा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नोटहरु साट्दै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट गएकोे टोलीले बहादुरमाई नगरपालिका ८ का पर्साका १९ वर्षीय राजबाबु साह तेली र पटेर्वा सुगौली गाउँपालिका घर भई बहादुरमाई बस्दै आएका २० बर्षीय अजय सहनीलाई सोमबार पक्राउ गरेको छ ।
रु. १ हजार दरका २० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।