Wednesday, November 27, 2024
घरसमाचारमानवअंगसहित एक चिकित्सक पक्राउ

मानवअंगसहित एक चिकित्सक पक्राउ

विराटनगर । विराटनगरबाट एक जना भारतीय डाक्टरलाई मोरङ प्रहरीले मानव अंगसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिंन्हालाई पक्राउ गरेको हो ।

प्रहरीले मंगलबार विराटनगर–१५ स्थित मुख्य रानी नाकाको १ नम्बर ढाटबाट सिन्हालाई मानब अंगसहित पक्राउ गरेको हो ।

सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औंलाको हड्डी र कुरकुच्चाको हड्डी गरी ४६ वटा मानव अंग बरामद गरेको छ । उनको साथबाट प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्रले जनाएको छ ।

सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानब अंग लैजान खोजेको आशंका प्रहरीको छ । पक्राउ परेका सिन्हाले भने आफूलाई मानव अंग ओसारपसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन् । उनले मेडिकल पढ्दा आवश्यक पर्ने भएकोले साथीसँग मागेर लैजान लागेको बताए ।

सिन्हाले एमबिबिएसको अन्तिम परीक्षा दिएर इन्टर्नशीपमा रहेको बताएका छन् । प्रहरीले विराटनगरको ढाटबाट गत असोज १८ गते मारुती भ्यानमा हालेर भारत लैजाने तयारी गरेको अवस्थामा मानव खप्पर २८ वटा र मानव हातखुट्टा १० वटा बरामद गरेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -