Wednesday, November 27, 2024
घरसमाचारकाठमाण्डौ विमानस्थलमा प्रहरीकै अगाड़ीबाट पत्रकार शत्रुघ्न नेपालको पेटी बेल्ट चोरी

काठमाण्डौ विमानस्थलमा प्रहरीकै अगाड़ीबाट पत्रकार शत्रुघ्न नेपालको पेटी बेल्ट चोरी

काठमाण्डौ, २८चैत्र/
नेपाल पत्रकार महासंघ पर्साका भूतपूर्व सभापति एवं प्रेस चौतारी नेपालको मधेश प्रदेश सह इन्चार्ज शत्रुघ्न नेपालको पेटी बेल्ट काठमाण्डौ विमानस्थलबाट चोरी भएको छ ।

सुरक्षा जाँचको लागि प्लास्टिकको भांडामा राखेर एक्सरे मेशीनमा हालेर मेटल डिटेक्टर मेशीनमा राख्दा बेल्ट हराएको भन्दै पत्रकार नेपालले दुःखेसो पोखेका छन् ।

नेपाल प्रहरीको प्रहरी नायब निरीक्षकको कमाण्डमा रहेको सुरक्षा जाँच टोलीको आँखा अगाड़ीबाट नै यसरी चोरी हुनु साह्रै दुखद रहेको भन्दै पत्रकार नेपालले सामाजिक संजालमा दुःखेसो पोखेका हुन् ।

आफ्नो सामान चोरी भएको भन्दै सामाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, “वाहरे सुरक्षा !
काठमाण्डाै विमानस्थलमा आज मेराे बेल्ट सुरक्षाकर्मीकै अगाडीबाट चाेरी भयाे । माेवाइल प्लाष्टिककाे भाडामा राखेर सुरक्षा जाँच गराउने एक्सरे मेशिनमा हालेर मेटल डिटेक्टरबाट पस्न खाेज्दा मैले लगाएकाे बेल्ट पनि एक्सरे मेशिनबाट जाँच गराउन भनियाे । मैले बेल्ट फुकालेर हालिदिए । मेराे अगाडि तीनजना मात्र थिए, उनिहरु प्रवेश गरेपछि म प्रवेश गरे । पहिला ध्यान माेबाइलमा थियाे र लिए तर बेल्ट चट भैसकेकाे थियाे । त्याहा सिसिटिभी पनि थियाे तर सुरक्षाकर्मीले जाबाे बेल्ट न हाे मिसप्लेस भयाे हाेला भनेर वास्तै गरेनन् । १५ वर्ष अघि ५ सयमा किनेकाे । पैसाकाे कुराे भएन लामाे समयकाे संगत टुटेकाेमा बिष्मात मात्र लाग्याे र रिस पाेखेकाे । धन्यवाद ।”

कड़ा सुरक्षा घेराभित्रबाट यात्रुको सामान्य बेल्ट समेत चोरी हुने विमान स्थलमा महंगा अन्य सामान कत्तिको चोरी वा गायब पारिंदो होला भनेर पत्रकार नेपालको पोस्टमा धेरैले प्रश्न उठाएका छन् । कतिपयले आफ्नो सामानहरु र यस्तै खाले अनेकौं सास्ती विमान स्थलमा भोग्ने गरेको दुखद अनुभव पनि लेखेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -