Tuesday, November 26, 2024
घरक्राइम चेकएआईजी थप्ने निर्णयसहितको पत्र प्रधान कार्यालयमा

एआईजी थप्ने निर्णयसहितको पत्र प्रधान कार्यालयमा

काठमाण्डौ, २० फाल्गुण/

नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप भएको पत्र प्रहरी प्रधान कार्यालय पुगेको छ। फागुन ११ गते बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थपको निर्णय गरेको प्रहरी प्रधान कार्यालयमा पुगेको पत्रमा उल्लेख छ।

फागुन ५ गते बसेको बैठकले निर्णय गरेको भनिए पनि गृह मन्त्रालयले शुक्रबार प्रहरी प्रधान कार्यालयमा पठाएको पत्रमा फागुन ११ गते निर्णय भएको उल्लेख छ।

प्रहरी प्रधान कार्यालयमा पत्र पुगेसँगै अब प्रहरी कितावखानामा छापिने छ। त्यससँगै एआईजी बढुवा सिफारिस हुनेछ। गृह सचिवको संयोजकत्वमा रहेको बढुवा समितिले एआईजी सिफारिस गर्नेछ। समितिमा गृहकै सहसचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहनेछन्।

प्रहरीले ओएण्डएम गरेर दरबन्दी थपका लागि प्रस्ताव पठाएको थियो। थपिएका तीन दरबन्दी प्रशासन विभाग, सीआईबी र प्रदेश प्रहरी समन्वय विभागमा राखिनेछ।

डीआईजीहरुले लविइङ गरेको ७ महिनापछि सरकारले दरबन्दी थपको निर्णय गरेको हो। थपिएको दरबन्दीमा एआईजी विश्वराज पोख्रेलका ब्याची चार डीआईजी मुख्य दाबेदार हुन्।

डीआईजीहरु धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, रविन्द्रबहादुर धानुक र वशन्तकुमार लामा मुख्य दाबेदार हुन्।

तर आईजीपी शैलेश थापाका ब्याची डीआईजीहरु ईश्वरबाबु कार्की र वशन्त पन्तले पनि जोड गरिरहेका छन्। उनीहरु बालुवाटार र गृहमन्त्री निकट समेत हुन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -