वीरगंज, २७ जेष्ठ ।
पर्साको ठोरी गाउँपालीका र जीराभवानी गाउँपालीका मा रहेका ओरीया खोला बाट अवैधरूपमा गिट्टी, बालुवाको उत्खनन भइरहेको छ।लकडाउनको फाइदा उठाउँदै नदीजन्य पदार्थको अवैध कारोबार गर्नेहरूले ट्रेक्टर लगाएर गिट्टी, ढुङ्गा, बालुवाको उत्खनन गरिरहेका छन्। पर्सामा रहेका भेडाहा, गादी, कर्जनिया, सिंघाही, जमुनिया, भलुही खोलामध्ये चालू आवमा भेडाहा खोला र गादी खोलाको मात्र टेन्डर भएको छ भने बाँकी खोलाको टेन्डर भएको छैन। टेन्डर नभएका खोलाबाट रातिको समयमा सयौं ट्याक्टर प्रवेश गरी गिट्टी, बालुवाको ढुवानी गर्ने गरेको स्थानीय बासीहरुले जानकारी गराएका छन्।
स्थानीय सरकारले चासो नदेखाएपछि नदीजन्य पदार्थको अवैध उत्खनन बढेको गाउँलेहरूको आरोप छ। टेन्डर नभएका खोलाबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गर्दा पर्सामा रहेका सुरक्षाकर्मीहरुको मिलोमतो गिट्टी बालुवाको तस्करी भइरहेको स्रोत को दाबी छ । ओरीया खोलामा पर्सा रास्ट्रय निकुञ्ज को मातहतमा रहेका गडुवालाईन पोस्टले बफर्जनभित्रमा पर्ने बिकास निर्माणकार्य को लागि छुट पुर्जी खुला गरेकोले तस्कर समूहले योजना बफर्जन भित्र देखाई तस्करहरुले बफर्जन बाहिरको महादेवपट्टी जगरनाथपुर का जानकिटोला दसाउता पान्डेपुर पिडाडीगुठी बिसुन्पुर्वा लगाएत को ठाउमा नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतो मा तस्करी गरेर थुपार्ने र डम्पिङ गरेर छिपहरमाई गाउँपालीका को भीस्वा मिर्जापुर अस्वारी जान्किटोला दसाउता पान्डेपुर सम्म पुग्ने गरेको स्थानीयले बताएका छन ।तर यस बिषयमा पन्चमुखी बन उपभोक्त समिति का अध्यक्ष राजिन्द्र साहका अनुसार पर्सा राष्ट्रिय निकुञ्जको मधव्वर्ती क्षेत्रमा भित्र मा पर्ने बिकासको लागि कार्याआदेश निर्माण समितिको निर्लय समझौता तथा लागात ईस्ट्मेन्ट लगाएत कागजको आधरमा नदीजनय पदार्थ दिने गरेको बताए मध्ववर्ती क्षेत्रमा पर्ने योजनाहरु लाई नजिककै बन समिति का अध्यक्ष तथा निकुञ्ज को कर्मचारीले कार्यस्थलको अनुगमन पछि नदीजन्य पदार्थ उपलब्ध गर्ने गरेको अध्यक्ष साहले बताए तर सो गिट्टी बालुवा बफर्जन बाहिर गएमा कार्वाही गर्ने समेत बताए ।
जिल्ला समन्वय समिति, पर्साका प्रमुख नेक महम्मदका अनुसार अवैध उत्खनन कार्य रोक्नु सम्बन्धित गाउँपालिकाको जिम्मेवारी रहेको बताए। अनुगमन समितिले विकास कार्यमा अवरोध नपुगोस् भनेर गादी खोलामा एक्साभेटर प्रयोग गर्न १० दिनको लागि अनुमति दिएको जानकारी गराए। गापाहरूबीच झगडाको कारणले नै कर्जनिया, सिंघाही, जमुनिया, भलुवही खोलाको टेन्डर हुन नसकेको जिसस प्रमुख अन्सारीको आरोप छ। टेन्डर हुँदा आउने राजस्वको हिसाबकिताबमा गापाले चासो नदेखाएको र वातावरणीय परीक्षणसमेत नबुझाएको कारण टेन्डर हुन नसकेको अन्सारीले बताए। गापाका केही कर्मचारीहरूसमेतले पुर्जी काटेर अवैधरूपमा रकम असुल्ने गरेको उनले आरोप लगाए।
पटेर्वासुगौली, सखुवाप्रसौनी तथा जीराभवानीको क्षेत्राधिकारभित्र पर्ने खोलाहरूमा चर्को विवाद भएको र आफूले पटक–पटक समस्या समाधानको लागि पहल गरे तापनि सम्बन्धित गापाले चासो नदेखाएपछि खोलाको टेन्डर हुन नसकेको बताए। टेन्डर भएका खोलाहरूबाट स्थानीय प्रशासनको मिलेमतोमा अवैध तरीकाले उत्खनन भइरहेको विषयमा आफूले सुरक्षा निकायलाई जानकारी गराउँदा पनि चासो नदेखाएको आरोप लगाए। मापदण्ड अनुसार वनजङ्गल क्षेत्रबाट एक किलोमिटर टाढा र खोलाको दायाँ–बायाँ ५ मिटर छाडेर उत्खनन गर्नुपर्ने नियम छ। तर जथाभावी उत्खननले भोलि सो क्षेत्र प्रभावित हुने उहाको भनाइ थियो।
यस विषयमा प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीसँग सम्पर्क गर्दा विकास निर्माणको अवधि एक महीना बाँकी रहँदा चौतर्फी दबाब बढेपछि आफूले सबैभन्दा बढी गिट्टी, बालुवा निस्किने गादी खोलाबाट १० दिनको लागि आवश्यक पर्ने औजार प्रयोग गरेर गिट्टी, बालुवा झिक्न निर्देशन दिएको जानकारी गराए । आज केही आपसी विवादपछि पटेर्वासुगौली गाउँपालीका २ मा पर्ने गादी खोलाको उत्खनन पनि रोकिएको गाउँपालिका स्रोतले दाबी गरेको छ।