Tuesday, November 26, 2024
घरसमाचारराष्ट्रवादी नेताहरू पक्राउको विरोधमा प्रदर्शन

राष्ट्रवादी नेताहरू पक्राउको विरोधमा प्रदर्शन

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २९ भदौ/

इन्द्रजात्रामा सहभागी हुन गएका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतसहितका हिन्दूवादी नेता एवं सर्वसाधारण नागरिकहरूले गैरकानुनी रुपमा थुनामा राखेको विरोधमा देशभर प्रदर्शन एवं विरोधसभाका कार्यक्रम भइरहेका छन् ।
गत विहीबार राजधानी काठमाण्डौको बसन्तपुर दरबार क्षेत्रमा निकालिएको इन्द्रजात्रामा सहभागी हुन गएका शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबासहितको टोली एवं सर्वसाधारण नागरिकहरूले कालो लुगा लगाएकै कारण गैरकानुनी ढंगले प्रहरी हिरासतमा राखेको भन्दै नेपालभरका हिन्दूवादी/राष्ट्रवादी संघसंगठनका पदाधिकारी एवं सर्वसाधारणको सहभागीतामा व्यापक विरोध भइरहेका छन् ।

यसैक्रममा आइतवार वीरगंजको घण्टाघरमा नेपाल राष्ट्रवाद संघको अगुवाईमा शिवसेना नेपाल पर्सा कार्यसमितिको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको छ ।

नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहका अनुसार राष्ट्रवादी नेताहरूलाई राजधानी काठमाण्डौमा नेपाल सरकारको निर्देशनमा गिरप्mतार गरिएका शिवसेना नेपालका अयक्ष लगायत राष्ट्रवादी देशभक्त नेपालीलाई शान्तिपूर्ण जुलुसको क्रममा समातिएकाहरूलाई निःशर्त रिहा गरिनुपर्ने माग गर्दै घण्टाघरबाट निकालिएको जुलुसले नगरपरिक्रमा गर्दै केन्द्रिय नेताहरूलाई रिहा नगरिए देशव्यापी रुपमा आन्दोलन गरिने घोषणा समेत गरेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -