– भोजराज बराल
म सानो छदा दुइ चारोटा भैंसी प्रायका घरमा हुन्थे, कति का घरमा गाई पनि हुन्थे, जोत्न पर्ने हुनाले धेरै खेत हुने का हल गोरु नै हुन्थे, ती सबै स्थानीय जातका नै!
…
आफै ज्युदै हुँदा अहिले स्थानीय जात का गाइ गोरु पाल्ने संस्कार बन्द भयो, सबै विदेशी जातका मात्रै पाल्छन पाल्ने ले, ती पाल्ने पनि शहरमा भेटिन्नन किनकि शहर मा अहिले २-४ रोपनी बारी हुने मान्छे भेटिन्नन, घास समेत किनेर कसरी फाइदा होस् पनि फेरि काम गर्ने पाखुरा सबै विदेश तिर दगुरेका छन्!
…
हिजो पनि कान्जिहाउस थिए, एउटा जनावर त्यहाँ पस्यो भने निकाल्न कति अनुनय विनय गरिन्थ्यो, कहिले पैसा तिरेर पनि निकालियो! अहिले कान्जिहाउसका गाई बटुलेर सरकारले नै भिरमा लगेर खसालिदियो भनेको सुन्दा कहालीलाग्दो सुनिदो रहेछ! यति छिटै हाम्रो देश र संस्कार बीभत्स रुपले परिवर्तन हुन आवश्यक थिएन, कसले भत्कायो हाम्रो संस्कृति र आचरण, उदेक लाग्छ! कुनै वैज्ञानिक तरिका नअपनाउने हो भने जनावर मात्र होइन एक दिन मानिस पनि बुढा बुढी भए पछि यसै गरि खसाल्ने दिन हाम्रो देशमा नआउला भन्न सकिन्न, त्यस्तो दिन नआओस्, सरकार चलाउने ठेक्का लिएका साथीहरू ले संसारका विकसित देश बाट तौर तरिका सिकुन! शुभ दिन! शुभ सप्ताहन्त!
श्री बरालको फेसबुक वालबाट साभार