वीरगन्ज ६ गते जेष्ठ । बैशाख–जेष्ठ माहिनामा तराईको तापक्रमकासाथै विषालु सर्पको बिगबिगीले तराईमा सर्प टोकाईको घटनाहरु प्रकाशमा आउने गरेको भएता पनि नेपाल सरकारले सो घटना तर्फ बिशेष ध्यान नपु¥याएकै कारण हरेक बर्ष कैयौंले ज्यान गुमाउनु परेको सर्बबिदितै छ ।
उक्त सर्प टोकाईको घटनाक्रम यस बर्ष पनि नरोकिएकै कारण तराईको बिभिन्न जिल्लाहरुबाट सर्प टोकाईको समाचार प्रकाशमा आउने जारी रहेकै क्रममा सर्पको टोकाइबाट सोमबार पर्सामा एक जनाको ज्यान गएको छ ।
भने सो सर्पको टोकाइबाट पर्साको सखुवा प्रसौनी गाउँ पालिका एकडरवाका १२ वर्षीय सागर साहको मृत्यु भएको हो ।
उक्त बालक घरमै खेलिरहेका साहको खुट्टामा बिहान ११ बजे विषालु सर्पले टोकेको थियो । भने साहको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको नारायणी अस्पताल वीरगन्जका चिकित्सकले जानकारी दिए ।
सो बालक साहलाई समयमा अस्पतालमा पु¥याउन नसकेको कारण निज बालकको मृत्यु भएको कुरा चिकित्सकले बताए ।