Wednesday, November 27, 2024
घरसमाचारठेकेदारकालाई मस्ति,यात्रीलाई सास्ती

ठेकेदारकालाई मस्ति,यात्रीलाई सास्ती

अनिल गुप्ता
बारा, २६ माघ
शनिवार विहान परेको पानीका कारण कलैया वीरगंज सडक खण्ड बाटो हिलाम्य भएपछि सवारी साधन गुडन नसक्दा यात्रीहरुले सास्ती खेप्नु परिरहेको छ, साथै सवारी साधनहरु बाटोमै लाम लाग्न बाध्य समेत भएका छन ।
ठेकेदारले एकातर्फको बाटो निर्माण गर्नुको सट्टा नियम विपरित एकै पटक चारैतिर माटो हालेको कारण यात्रुहरुलाई शास्ती खेप्नु परेको छ भने अर्का तिर साइकल मोटरसाइकल, एम्बुलेन्सहरु समेत गनतव्य तिर जान पाएका छैन तरुण दलका जिल्ला अध्यक्ष सिहले बताउनु भयो ।

गाडी नआउँदा बीरगंज र कलैयाबाट प्रकाशित हुने पत्र पत्रिकाहरु सदरमुकाम कलैयासम्म नआउँदा पत्रिका पढने पारखीहरु पनि निराश बनेका छन । हुलाकी सडक खण्डका ठेक्का पाएका ठेकेदारको मस्ति तथा वर्तमान सरकारको चरम लापरवाहीका कारण सडकको दुर्दशा भएको सिंहले बताउनु भयो ।
यो भन्दा अगाडी सडकमा धुलै धुलोको, खाल्डोका कारण दर्जनौ व्यक्तिहरुको करीब १ वर्षमा मृत्यू भइसकेको भएपनि ठेकेदारले अहिले पनि बाटो मर्मत र निर्माणमा खासै ध्यान नदिएको सिहको गुनासो रहेको छ । बाटो नखुलाए सशक्त आन्दोलनको कार्यक्रम अगाडी बढाई ठेकेदारको गाडी नियन्त्रणमा समेत लिन सक्ने सिहको दावी रहेको छ । हिजै देखि जनताको कठिनाईलाई बुझी बाटो खुलाउनका लागि सम्बन्धित निकायहरुलाई घचघच्याउने काम जारी राखेका छन ।

कलैयाबाट दिनहुँ जसो सयौको संख्यामा बस, माइक्रो, सिटीराइट, टेम्पो, मयुरी, चल्ने गरेको सवारी साधनको बिषयमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलसँग बुझदा जनताको कठिनाईलाई मध्यनजर गर्दै ठेकेदारलाई चाडो भन्दा चाडो सडकमा सवारी साधन सहज रुपमा गुाडने वातावरण तुरुन्त सृजन ागर्न आफूले निर्देशन दिइसकेको बताउनु भयो । अटेरी गरेको खण्डमा निज ठकेदारलाई कारवाही प्रक्रियामा ल्याउन कुनै कसर बाँकी नराख्ने भन्नु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -