एजेन्सी । महिला हिंसा अन्त्यका लागि चालिएको ‘मि टू’ अभियानले विश्वका धेरै मुलुकमा स्थान पाएको छ । यो अभियना बलिउड हुँदै नेपालमा परि छिरेको छ । तर, बलिउड भने यो अभियानले धेरै मानिसको यौन हिंसा प्रवृत्तिको उजागर गरेको छ । पछिल्लोपटक बलिउडकी नायिका अदिती रोव हैदरी पनि यो अभियानमा जोडिएकी छन् । उनले आफूले भोग्नु परेको अवस्था शेयर गरेकी छन् ।
अदितीले भनिन, ‘मैले बलिउडमा त्यस्तो ठूलो यौन दुर्व्यवहार त सहनु परेन । मसँग एउटा अनुभव छ । मलाई हुन्छ या हुन्न भन्ने विकल्प दिइएको थियो । मैले हुन्न भन्ने विकल्प रोज्दा ८ महिना काम पाउन सकिनँ । यसले मलाई निकै नै दिकदार बनाएको थियो ।’
अदितीले आफ्नो टिमको साथले आफूले ८ महिनापछि काम पाएको बताइन् । अदितीले भनिन, ‘मलाई त्यस्तो व्यवहार हुँदा म कमजोर त भइनँ, तर धेरै रोएकी थिएँ । किनकी, बलिउडमा महिलाहरुलाई यस्तो व्यवहार गरिन्छ भन्ने सुनेकी थिएँ, आफूले भोग्दा दुःख लाग्यो ।’